×

NMB BANK
NIC ASIA

बिमस्टेकलक्षित स्वास्थ्य 'हाइअलर्ट' : भेन्टिलेटरसहितका एम्बुलेन्सले पाहुनालाई पछ्याउने

भदौ १२, २०७५

NTC
Premier Steels

काठमाडौं – बिमस्टेक सम्मेलनका लागि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण तयारी पूरा गरेको छ ।

Muktinath Bank

भदौ १४ र १५ गते नेपालमा हुने बिमस्टेक सम्मेलनका लागि आउने विशिष्ट पाहुनाहरूलाई सरकारले विशेषज्ञ सहितको विशिष्ट स्वास्थ्य सेवा उपलब्ध गराउने तयारी गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचिव पुष्पा चौधरीको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरी तयारी गरेको मन्त्रालयका हेल्थ इमर्जेन्सी एन्ड डिजास्टर म्यानेजमेन्ट युनिट प्रमुख चूडामणि भण्डारीले जानकारी दिए ।  


Advertisment
Nabil box
Kumari

विशिष्ट पाहुनाको स्वास्थ्य सुरक्षाका लागि विमानस्थल, सम्मेलनस्थल र बासस्थानमा स्वास्थ्य सुरक्षाका लागि भेन्टिलेटरसहितको एम्बुलेन्स र  स्वास्थ्यकर्मीको टोली तयारी अस्थामा राखिने भण्डारीले बताए ।

Vianet communication

उनले भने, ‘सम्मेलनका लागि आउने पाहुनाहरूका लागि स्वास्थ्य सुरक्षा तयारी पूरा भइसकेको छ । एम्बुलेन्स, विशेषज्ञसहितको स्वास्थ्यकर्मी र अस्पतालहरू सबै तयारी अवस्थामा छन् ।’

मन्त्रालयले नेपाल एम्बुलेन्स सर्भिससँग समन्वय गरी भेन्टिलेटर सहितको ए ग्रेडका ११ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको उनको भनाइ छ ।

प्रत्येक एम्बुलेन्समा मेडिकल अफिसरसहतिको ३ जनाको टोली रहने छ । सम्मेलनका लागि आउने पाहुनाका लागि विमानस्थलदेखि सम्मेलनस्थलसम्म भेन्टिलेटरसहितका एम्बुलेन्सहरू परिचालन गरिने छन् ।

ती एम्बुलेन्स सम्मेलन अवधिभर पाहुनाहरू रहेकै स्थानमा राखिने छन् ।

सम्मेलन हुने स्थान सोल्टी होटलमा जनरल फिजिसिय, सर्जन, अर्थोपेडिक सर्जन, एमडी जनरल प्राक्टिस्नर, एनेस्थेसियोलोजिस्ट, हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट तथा नर्ससहितको ८ जनाको टोली सम्मेलन अवधिभर आकस्मिक उपचारका लागि तयारी अवस्थामा रहनेछन् ।

सम्मेलन अवधिभर आकस्मिक सेवाका लागि मन्त्रालयले काठमाडौंका सरकारी तथा निजी अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिइसकेको छ ।

त्रिभुवन विमानस्थलमा आकस्मिक स्वास्थ्य उपचार सेवाका लागि निजामती अस्पताल र काठमाडौं मेडिकल कलेजलाई जिम्मेवारी तोकिएको छ । वीर, टिचिङ, प्रहरी अस्पताललाई आकस्मिक मेडिकल टोलीसहित आईसीयूसहितको विशिष्ट तथा अतिविशिष्ट उपचार कक्षको व्यवस्था गर्न र एम्बुलेन्स सेवाको व्यवस्थापन गर्न निर्देशन दिइसकेको छ ।

यस्तै पाटन अस्पताल, नेपाल मेडिसिटी अस्पताल, नर्भिक अस्पताल र ग्रान्डी अस्पतालमा पनि आईसीयू तथा इमर्जेन्सी सेवा तयारी अवस्थामा छन् । मन्त्रालयले नेपाल मेडिसिटी र ग्रान्डी अस्पताललाई आकस्मिक एयर एम्बुलेन्स समेत तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ ।

सम्मेलन अवधिभर स्वास्थ्य सुरक्षा व्यवस्थापनका लागि ११ लाख खर्च हुने मन्त्रालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x