×

NMB BANK
NIC ASIA

न्याम्सको उपकुलपति बन्न कार्ययोजनासहित २२ जनाले दिए आवेदन, कसले मार्ला बाजी ?

भदौ १२, २०७५

NTC
Premier Steels

काठमाडौं–चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिका लागि २२ जनाको उम्मेदवारी परेको छ । मुलुककै ठूलो विशेषज्ञ डाक्टर उत्पादन गर्ने न्याम्सको गत भदौ ४ गदेखि रिक्त रहेको उपकुलपतिका लागि २२ जनाले आवेदन दिएका हुन् ।

Muktinath Bank

रिक्त रहेको उपकुलपतिका लागि उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको संयोजकत्वमा बनेको समितिले गत साउन २७ गते १५ दिनभित्रमा आवेदन माग गरेको थियो । समितिले चारवर्षे कार्यकालको अवधिमा न्याम्सका लागि आफूले गर्ने कार्ययोजना सहित आवेदन दिन भनेको थियो । न्याम्सको उपकुलपतिका लागि निवर्तमान उपकुलपति डा. गणेश गुरुङ, लगायत न्याम्सका पूर्वनिर्देशक तथा अन्य अस्पतालका पूर्वनिर्देशक तथा वर्तमान निर्देशक तथा प्रतिष्ठानका चिकित्सले समेत आवेदन दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी हुन् न्याम्सका उपकुलपतिका आकांक्षी 


Advertisment
Nabil box
Kumari

प्रा.डा. सिताराम चौधरी
प्रा.डा. गणेशबहादुर गुरुङ्ग
प्रा.डा. स्वयं प्रकाश पण्डित
प्रा.डा. अनिल कुमार मिश्र
डा. पियुष दाहाल
प्रा.डा. श्रीकृष्ण गिरी
प्रा.डा. बुलन्द थापा
प्रा.डा. गेहनाथ बराल
डा. राम परिक्षण यादव
प्रा.डा. किरण मानन्धर
प्रा.डा. विधाननिधि पौडेल
प्रा.डा. रमिला श्रेष्ठ
प्रा. डा. विजय कुमार शर्मा
प्रा.डा. यहुनचन्द्र शिवाकोटी
डा. विश्वनाथ यादव
डा. देवनारायण शाह
प्रा.डा ढुण्डिराज पौडेल
प्रा. डा. अजित रायमाझी
प्रा.डा. जागेश्वर गौतम
प्रा.डा. रेवती रमणजी मल्ल
डा. पुकार चन्द्र श्रेष्ठ
डा. भोलाराम श्रेष्ठ

Vianet communication

उपकुलपतिका लागि आवेदन दिने केही आकांक्षीहरुले आफ्नो चारवर्षे कार्ययोजना पेश गरेका छन् । केहीले भने कार्ययोजना प्रस्तुत गर्न बाँकी रहेको समितिका सदस्य एवं जनसंख्या व्यवस्थापन तथा स्वास्थ्य समन्वय महाशाखाका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलले लोकान्तरलाई बताए ।

उपकुलपतिको रिक्त पदमा धेरै जना आकांक्षी देखिएकाले समितिले उनीहरुको योग्यता, दक्षता र कार्ययोजना हेरेर केही दिनभित्रमा उपकुलपति छनोट गर्ने बताए ।

‘न्याम्सको उपकुलपतिका लागि २२ जनाले आवेदन दिनुभएको छ, सबैजना क्याफेबल हुनुहुन्छ,’ डा. प्याकुरेलले लोकान्तरसँग भने, ‘धेरै जना आकांक्षी रहेकाले हामीले उहाँहरुको योग्यता, क्षमता र कार्ययोजना हेरेर सोहि अनुसार उपकुलपति छनोट गछौ ।’

उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव विदेश भ्रमणमा रहेकाले मन्त्री यादव स्वदेश फर्किएलगतै मन्त्रालयमा समितिले आकांक्षीहरुको कार्ययोजना प्रस्तुत गर्न लगाउने उपकुलपति छनोट गर्ने उनको भनाई छ । न्याम्समा प्रतिस्पर्धाबाट उपकुलपति छनोट पहिलोपटक गर्न लागिएको हो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x