१७ असार २०८३, बुधबार

आइन्स्टाइनको पत्र १८ हजार डलरमा लिलामी हुने

आइन्स्टाइनको पत्र १८ हजार डलरमा लिलामी हुने

काठमाडौं — नोबेल पुरस्कार विजेता जर्मन भौतिकवैज्ञानिक अल्बर्ट आइन्स्टाइनले लेखेको एक पत्र १८ हजार डलरमा लिलाम बिक्री हुनसक्ने देखिएको छ । 

यो पत्रमा उनले एक सहयोगीलाई सँगै बसेर चिया पिउन निमन्त्रण गरेका छन् । पत्रमा आइन्स्टाइनको हस्ताक्षर छ । 

अमेरिकाको आरआर अक्सनका अनुसार, यस पत्रमा आइन्स्टाइनले रिसिनबाच र उनकी पत्नीलाई चिया पिउन निमन्त्रणा गरेका छन् । 

पत्रमा सन् १९२८ अक्टोबर १९ को मिति छ । आइन्स्टाइन, रिसिनबाच र अस्ट्रियाका वैज्ञानिक श्रोडिंगर हम्बोल्ट बर्लिन विश्वविद्यालयमा त्यतिखेर पढाउँथे । 

अन्लाइन लिलामीमा बोली लगाउने अन्तिम मिति भदौ २७ सम्म छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्