काठमाडौं– पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधनको माग बढिरहेको छ । बजारमा विद्युतीय सवारीको माग बढेसँगै सबै अटो मोबाइल बिक्रेताहरुले नयाँ नयाँ इलेक्ट्रिक सवारीहरु भित्र्याइरहेका छन् ।
भर्खरै सम्पन्न नाडा अटो शो २०१८ मा पनि धेरै सवारी बिक्रेता कम्पनीहरुले विद्युतीय सवारी सार्वजनिक गरे । यसैमध्ये नेपालको चर्चित अटो मोबाइल गु्रप अग्नि गु्रप अन्तर्गतको अग्नि इनर्जी प्रालिले इ–भेरिटो लगायतका अन्य विद्युतीय सवारी साधन बजारमा ल्याएको छ ।
नेपालमा विद्युतीय सवारीको अवस्था कस्तो छ, अग्नि इनर्जीको बजार के हो त हामीले कम्पनीका प्रमुख प्रमोद भण्डारीसँग कुराकानी गरेका छौं ।
हेर्नुस्, भिडियो कुराकानी