
रुँदारुँदै अामाकाे, आँसु सुकेकाे छ ।
आँसुसँगै चन्द्र सूर्य, झण्डा झुकेकाे छ ।।
सत्य सेवा सुरक्षणम्, हजुरबाले भन्नुहुन्याे ।
अभियुक्त बग्गीखाना भित्रै लुकेकाे छ ।।
साधुलाई हत्कडी र चाेरलाई चाैतारी भाे ।
लाज शरम् छैन सरकार, दुनियाले थुकेकाे छ ।।
भर छैन सीतालाई रामकाे पनि यहाँ ।
मान्छे जस्ताे मान्छे छैन, कदम् कदम् चुकेकाे छ ।।
बन्धकीमा पर्यो माया, भेट हुन्छ हुन्न प्रिय !
परदेशीकाे यादमा सधैँ, देब्रे छाती दुखेकाे छ ।।
खेमराज गैराघरे
सुम्बेक, इलाम
हालः अमेरिका