०४ असार २०८३, बिहीबार

पप्पु कन्सट्रक्सनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

असोज १९, २०७५
पप्पु कन्सट्रक्सनविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – पूर्वाधार निर्माणका विभिन्न ठेक्का लिएर समयमै काम सम्पन्न नगरी अलपत्र पार्दै आएको पप्पु कन्सट्रक्सनका सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्सट्रक्सनका सञ्चालकविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमाथिको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको उजुरीमाथि अनुसन्धानबाट पुल निर्माणमा आर्थिक अनियमितता भएको देखिएपछि पप्पु कन्सट्रक्सनसहित सरकारी कर्मचारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्