काठमाडौं — वैज्ञानिकहरूले सूर्यको तापबाट बिजुली निकाल्न मिल्ने प्रविधि विकसित गरेका छन् । रातिको समयमा र आकाशमा बादल लाग्दा पनि सस्तो सौर्य ऊर्जा यसबाट निकाल्न सकिन्छ ।
इन्धनहरूबाट बनाइने बिजुलीको भन्दा यसको लागत निकै कम पर्ने अनुसन्धानकर्ताहरूको भनाइ छ ।
अमेरिकाको पर्ड्यु विश्वविद्यालयका प्राध्यापक केनेथ स्यान्डहेजले भने, ‘तापका रूपमा सौर्य ऊर्जालाई संरक्षण गर्न ब्याट्रीमार्फत ऊर्जा संरक्षणभन्दा निकै सस्तो हुन्छ । अब सौर्य तापबाट बिजुली उत्पादन गर्दा त झनै सस्तो पर्छ र यसले
ग्रीनहाउस ग्यास उत्सर्जन पनि शून्यमा झार्छ ।’
सौर्य ऊर्जालाई केन्द्रीकृत गर्ने संयन्त्र र ऊर्जालाई बिजुलीमा परिणत गर्नका लागि शीशा वा लेन्समार्फत सानो स्थानमा प्रकाशलाई केन्द्रित गरिन्छ जसबाट ताप उत्पन्न हुन्छ । त्यसलाई मोल्टन सल्टमा लगिन्छ । मोल्टन सल्ट भनेको
उपयुक्त तापक्रम एवं दबाबमा ठोस रहिरहने नून हो । तापक्रम बढ्दा यो द्रव्यमा परिवर्तन हुन सक्छ र त्यसलाई तापलाई स्थानान्तरित गर्ने तरल पदार्थका रूपमा प्रयोग गर्न सकिन्छ ।
मोल्टन सल्टको तापलाई वर्किङ फ्लुइड सुपरक्रिटिकल कार्बन डाइअक्साइडमा स्थानान्तरित गरियो । त्यसले बिजुली उत्पन्न गर्ने यन्त्रलाई चलाउने काम गर्छ ।
एजेन्सी