
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
छातीको संक्रमण तथा शरीरमा चिनीका मात्र असन्तुलित देखिएको अस्पतालले बताएको छ ।
प्रधानमन्त्री ओलीको उपचार डा. अरुण सायमी नेतृत्वको टोलीले गरिरहेको छ ।
अहिलेसम्म के के भयो ?
प्रधानमन्त्रीको स्वास्थ उपचारमा खटिएको टोलीले अहिलेस्म विभिन्न परीक्षण र औषधि उपचार चलाएको जानकारी डाक्टर अरूण सायमीले दिए ।
जसमा एक्सरे दुई पटक , मुटुको इसीसीजी, इको , रगतको जाँच खासगरी चिनीको मात्रा र कृयाटिन को लेवल हेर्न ४० थ्रोट स्वास खास गरि सक्रमण पहिचान गर्ने जाँच परीक्षण गरिएको छ ।
के के औषधि चलाइयो
ब्रोड स्पेक्ट्रम एन्टीबायोटिक्स
सलाइन
नेबुलाइजर