०४ असार २०८३, बिहीबार

प्रधानमन्त्री ओलीलाई भेट्न पुगे डा. गोविन्द केसी

डा केसीसँग प्रधानमन्त्रीले भने–म डिस्चार्ज हुनेवित्तिकै चिकित्सा शिक्षा विधेयक अगाडि बढ्छ
कात्तिक १४, २०७५
प्रधानमन्त्री ओलीलाई भेट्न पुगे डा. गोविन्द केसी

काठमाडौं– महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न डाक्टर गोविन्द केसी पुगेका छन् । केसी बुधबार राती ९ बजे ओलीलाई भेट्न अस्पताल पुगेका हुन् । 

सो क्रममा केसी र ओलीबीच करीब १० मिनेट कुराकानी भएको बताइएको छ । डा केसी पक्षीय डाक्टर अभिषेकराज सिंहले ओली र केसीबीच करीब १० मिनेट कुराकानी भएको बताउँदै सो क्रममा प्रधानमन्त्रीले आफ्नो स्वास्थ ठीक भएसँगै चिकित्सा अिशक्षा विधेयक अघि बढाउने प्रतिबद्धता जनाएको बताए । 

‘म अस्पतालबाट डिस्चार्ज हुनेबित्तिकै चिकित्सा शिक्षा विधेयक अगाडि बढ्छ’ ओलीको भनाई उदृत गर्दै सिंहले भने । 

केसीले चिकित्सा शिक्षा विधेयक ल्याउनेसम्बन्धी आफ्नो माग पूरा नभए फेरि अनसन बस्ने बताउँदै आएको अवस्थामा ओलीले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

सो क्रममा डा केसीले ओलीको स्वास्थ्य लाभको कामना समेत गरेका थिए । 

स्वास्थ्यमा समस्या आएसँगै ओली दुई दिनयता महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन् । 

चिकित्सकहरुले ओली कम्तीमा पनि शनिबारसम्म अस्पतालमै रहनु पर्ने बताएका छन् । यद्यपी उनको स्वास्थ्य अवस्था सुधारोन्मोख छ । 


 

salt training

कमेन्ट गर्नुहोस्