×

NMB BANK
NIC ASIA

अस्थायी र करार कर्मचारीको व्यवस्थापन गर्ने सहमति, जागिर छाडेकालाई वार्षिक ‘पेन्सन’

कात्तिक १६, २०७५

NTC
Premier Steels

काठमाडौं– सरकार र आन्दोलनरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीबीच सबै कर्मचारीको व्यवस्थापन गर्ने सहमति भएको छ । 

Muktinath Bank

जागिरबाट हटाउन लागिएको भन्दै आन्दोलनमा उत्रिएका अस्थायी, करार तथा ज्यालादारी कर्मचारी र सरकारबीच शुक्रवार सबै अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीको व्यवस्थापन गर्ने सहमति भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख सहसचिव रुद्रसिंह तामाङ नेतृत्वको टोलीसँगको वार्तामा सबै अस्थायी, करार र ज्यालादारी कर्मचारीको व्यवस्थापन गर्ने सहमति भएको आन्दोलनरत अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका अध्यक्ष भुपाल रसायलीले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

रसायलीका अनुसार गत भदौ ३ गतेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयानुसार संघीय सरकारका मन्त्रालय, विभाग, संवैधानिक आयोग, नियोग, प्रदेशस्तर र स्थानीय तहका सबै कार्यालयमा गरी हाल कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीको व्यवस्थापन गर्ने सहमति भएको हो । 

Vianet communication

मन्त्रिपरिषद बैठकले संघ, प्रदेश र स्थानीय तहमा व्यवस्थापन हुन नसकेका कर्मचारीलाई ३ महिनाको अग्रिम पारिश्रमिक दिएर बिदा गर्ने निर्णय गरेको थियो । सो सम्बन्धमा पुनर्विचार गर्न अर्थ मन्त्रालयले अध्ययन गर्ने सहमति भएको समेत रसायलीले जानकारी दिए । 

अस्थायी, करार र ज्यालादारी कर्मचारीहरुले २४० दिन काम गरेका कर्मचारीलाई स्थायी गरिनुपर्ने माग अगाडि सारेका थिए । सो सम्बन्धमा भने सरकारी पक्षले सहमति जनाएको छैन । 

सहसचिव तामाङ नेतृत्वको सरकारी वार्ता टोलीले सेवाबाट बिदा हुने तथा लामो समय अस्थायी, करार र ज्यालादारीमा कार्यरत रहेर छाडेका कर्मचारीको हकमा भने ‘पेन्सन’को व्यवस्था गर्ने विषयमा सहमति जनाएको रसायलीले जानकारी दिए । 

‘सेवा अवधिका अनुसार सेवा बाहिरिँदा न्यूनतम ३ महिनाको तलसहित वार्षिक रुपमा १५ दिनको उपचार खर्च र १ महिनाको तलव पाउने गरी सहमति भएको छ,’ रसायलीले भने, ‘यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ऐनको मस्यौदा बनाएर संसदमा पेश गर्ने छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x