×

NMB BANK
NIC ASIA

महामहिम राष्ट्रपति महोदया ! हार्दिक नमन । बोल्ने मन त थिएन तर अन्तरात्माले चिमोटेर चुप रहन दिएन र मुख खोल्न बाध्य भएको छु । यही रूपमा बुझिदिन आग्रह गर्छु । 

Muktinath Bank

महामहिमज्यू !


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो हप्ता तपाईंसम्बन्धी दुई विषय निकै आलोच्य रहे – ‘मौजुदा प्रहरी तालिम केन्द्र हटाएर राष्ट्रपति भवन विस्तार गर्ने र राष्ट्रपतिको निजी प्रयोगका लागि रु १८ करोड बराबरको गाडी खरीद गर्ने प्रकरण ।’ यसो त टीका प्रकरणको लम्पसारवाद र तपार्इंको मौन समर्थनको आलोचना पनि सेलाएको छैन । यिनै विषयलाई लिएर थुप्रै समाचार प्रकाशित भए, लेखहरू छापिए, कार्टूनहरू आए, सामाजिक सञ्जालका भित्ता रङ्गिए । यसमा तपाईं आफैं पनि जानकार हुनुपर्छ । नभएपनि सचिवालयमार्फत जानकारी लिन सक्नुहुन्छ । तपाईंलाई लाग्ला, आलोचना गर्नेहरू बजारमा थुप्रै छन् । यसमा एक अर्को थपियो त के फरक पर्छ र ।’ 


Advertisment
Nabil box
Kumari

तर यहाँ आलोचना गर्नकै लागि उपस्थित भएको छैन । हामी सञ्चारकर्मी जनगुनासोप्रति बढी नै सचेत हुन खोज्छौं । त्यस्तो हुनु पनि पर्छ । यो हाम्रो पेशागत धर्म नै हो । तपाईं सम्बन्धित उल्लिखित विषयले जनतामा राम्रो सन्देश दिएको छैन  । जनआक्रोश बढ्दै छ । राष्ट्रपतिपदप्रति नै वितृष्णा बढ्दैछ, गरिमामाथि नै आँच आउन खोज्दैछ । यसले अन्ततः तपाईं आफैंलाई पनि फाइदा गर्दैन । श्रद्धेय नेता मदन भण्डारी साइकल चढ्ने गर्नुहुन्थ्यो । तपाईं उहाँकै अर्धांगिनी हुनुहुन्छ । जनताले तपार्इंमा पनि उहाँको जस्तै सादा जीवन र उच्च विचार चाहेका छन्, खोजेका छन् । 

Vianet communication

पंक्तिकारलाई गोरखापत्रको सम्पादक हुँदा एउटा भेटमा तपाईंले भन्नुभएको कुरो अझै सम्झना छ । तपाईंले बिर्सनुभयो होला, यसले बिर्सेको छैन । त्यतिबेला तपाईंले भन्नुभएको थियो, राष्ट्रपति पदको गरिमा र जिम्मेवारीप्रति सचेत छु । तपार्इंको भनाइ गोरखापत्रको पानामा अझै सुरक्षित छ । नपत्याए भोजपुर क्याम्पसको स्वर्ण महोत्सवको बेला प्रकाशित गोरखापत्रको तपाईंसित सम्बन्धित कुराकानीको प्रति मगाएर हेर्न सक्नुहुन्छ । 

साँच्चै प्रहरी तालिम केन्द्रकै कारण तपाईंको दैनिक क्रियाकलाप प्रभावित भएको हो भने राष्ट्रपति भवनलाई नै उपत्यका बाहिर कतै फराकिलो स्थानमा सार्न सकिन्छ । 

भो छाडौं यी कुरा । अहिलेलाई विषयवस्तुमै केन्द्रित हुने अनुमति चाहन्छु । प्रहरी तालिम केन्द्रबाट हुने होहल्लाका कारण महामहिमको सुकला, भोजन लगायतका दैनिक क्रियाकलाप प्रभावित भएका कारण सरकारले प्रहरी तालिम केन्द्र उपत्यका बाहिर कतै शायद पनौतीतिर हो क्यारे सारेर तपार्ईंको निवास विस्तार गर्ने निर्णय गरेको रहेछ ।

साथसाथै सरकारले जनजीवनका गतिविधिले महामहिमको आवागमनमा बाधा पुर्‍याएकाले राष्ट्रपति निवासभित्रै हेलिप्याड सहितको आधुनिक सुविधासम्पन्न भवन निर्माण गरिदिने निर्णय समेत गरिसकेको रहेछ । अलिकति मनन गर्नुस् त, के यो जायज छ ? तपाईंलाई लागेको हुन सक्छ सरकारले निर्णय गर्‍यो त मेरो के दोष ? हुन सक्छ तपाईंलाई जानकारी नै पो छैन कि । सचिवालयले जानकारी गराउनै पनि आवश्यक ठानेन कि । यदि त्यसै हो भने तपाईं आफैंले यसको जानकारी लिनु पनि पर्छ र त्यसको विरुद्ध बोल्ने आँट पनि गर्नुपर्छ । जनताले यतिबेला तपाईंसित यही अपेक्षा गरेका छन् । 

झण्डै ८० वर्षको इतिहास बोकेको तालिम केन्द्र प्रहरीको इतिहास हो । इतिहास मेट्नुहुन्न । अन्यथा उनीहरूको चित्त दुख्न सक्छ । रक्षा र सुरक्षा निकाय भनेका मुलुकका खम्बा हुन् । उनीहरूको चित्त दुखाउनु हुन्न । परेको बेला तिनीहरू नै काम लाग्छन् । देश बचाउने भनेको उनीहरूले नै हो । शक्तिको आडमा निर्णय लाद्न त सकिएला तर उनीहरूको मनमा लागेको घाउ मेटाउन सकिन्न । आफ्नै अङ्ग काटेर डाँडो कटाएको टुलुटुलु हेर्न विवश निकायले कुन मनोबलले काम गर्ला र हामीले सुरक्षाको अनुभूति गर्ने ? साँच्चै प्रहरी तालिम केन्द्रकै कारण तपाईंको दैनिक क्रियाकलाप प्रभावित भएको हो भने राष्ट्रपति भवनलाई नै उपत्यका बाहिर कतै फराकिलो स्थानमा सार्न सकिन्छ । 

संविधानतः तपाईं आलङ्कारिक राष्ट्रपति हो । आलङ्कारिक राष्ट्रपतिको काम नै के हुन्छ र त्यस्तो, कार्यकारी निकायको नजिक बसिरहनुपर्ने । आलङ्कारिक राष्ट्राध्यक्षको काम भनेको सरकारले गरेको निर्णय प्रमाणित गर्ने न हो । यो त जहाँ बसेर पनि गर्न सकिन्छ । हो, स्थान भने सुगम हुनुपर्छ, ताकि विदेशी पाहुनाको आवागमन असहज नहोस् । 

अभिभावकले सकेसम्म सन्तान सबैको चित्त बुझाउनुपर्छ नभएपनि आफ्नो कारणले उनीहरूको चित्त दुख्ने काम गर्नु हुन्न

दोस्रो कुरो हो, रु १८ करोड बराबरको निजी सवारी साधन खरीदको । यो पनि त्यत्तिकै मननीय छ । के गरीब देशको राष्ट्राध्यक्षलाई गरीब जनताले तिरेका करबाट एकैसाथ त्यति ठूलो रकमको सवारी साधन खरिद गर्नु जायज छ ? एकाध करोडको सावरी साधनले काम चलाउन सकिन्न ? त्यसो हुने हो भने बाँकी रकमले एउटा राम्रै उद्योग चलाउन सकिन्छ । गरीबका छोराछोरीले काम पाउँछन् । उत्पादन बढ्छ । राजस्वमा टेवा पुग्छ । यहाँ पनि तपाईं भन्न सक्नुहुन्छ यो पनि सरकारकै निर्णय त होइन नि ? हो, निर्णय सरकारको हो यसमा तपार्इंको हात छैन तर तपाईं भनेको अभिभावक हो । अभिभावकको नाताले सरकारी निर्णयलाई अस्वीकार गर्न सक्नुहुन्छ, सच्याउन आग्रह गर्न सक्नुहुन्छ । 

गणतन्त्रमा जनता नै सबैथोक हुन् भने उनीहरूको गाँस काटेर खरीद गरिने विलासिताको सामानलाई तपार्ईंले अस्वीकार गर्नु पनि पर्छ । भो मलाई पुगेको छ, चाहिन्न भन्न सक्नु पनि पर्छ । आफैंलाई अप्ठ्यारो लागे सचिवालयमार्फत भनाउन सक्नुहुन्छ । यसो गर्दा तपाईंको उचाइ घट्दैन, बरू बढ्छ । यसै पनि अभिभावकले सकेसम्म सन्तान सबैको चित्त बुझाउनुपर्छ नभएपनि आफ्नो कारणले उनीहरूको चित्त दुख्ने काम गर्नु हुन्न । 

राष्ट्रपतिज्यू ! एउटा हितैषीको नाताले चिठी लेखेको हुँ । आगे तपाईंको मर्जी ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x