×

NIC ASIA

सामाजिक सुरक्षा कोषमा भटाभट सूचीकृत हुन थाले रोजगारदाता कम्पनी, फागुन ६ सम्मको समयसीमा

मंसिर १८, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं– गत मंगलवारदेखि कार्यान्वयनमा आएको सामाजिक सुरक्षा योजना अन्तर्गत रोजगारदाता कम्पनीहरू सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन थालेका छन् । कोषमा सूचीकृत हुनका लागि सरकारले सूचना प्रकाशित गरेसँगै कम्पनीहरू सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन थालेका हुन् ।

Muktinath Bank

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले सोमवार बेलुकासम्म डेढ सयभन्दा बढी कम्पनी कोषमा सूचीकृत भइसकेको जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंसिर ६ गतेदेखि कोषमा सूचीकृत हुनका लागि सामाजिक सुरक्षा कोषले गत कार्तिक २६ मा सूचना प्रकाशित गरेको थियो । मंसिर ६ देखि तीन महिनाभित्र निजी रोजगारदाता कम्पनी कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने सूचनामा उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

‘काठमाडौं उपत्यकाका निजी कम्पनीलाई कोषमा सूचीकृत हुन सूचना प्रकाशित गरेसँगै कोषमा इन्ट्री गर्न थालेका छन्,’ उनले लोकान्तर डटकमसँग भने, ‘तीन महिनाभित्र उपत्यकाका सबै कम्पनी कोषमा सूचीकृत भइसक्ने र अर्को तीन महिनाभित्र ती कम्पनीमा आबद्ध श्रमिकलाई पनि कोषमा अनिवार्य सूचीकृत गराउनु पर्नेछ ।’

Vianet communication

उनका अनुसार आगामी फागुन ६ गतेभित्र काठमाडौं उपत्यकाका सबै रोजगारदाता कम्पनीले कोषमा सूचीकृत हुनु पर्नेछ । रोजगारदाता कम्पनी कोषमा सूचीकृत भइसकेपछि कम्पनीले कोषबाट सूचीकृत भइसकेको प्रमाण पत्र र दर्ता नम्बर पाउने छ । त्यसको तीन महिनाभित्र कम्पनीले आफ्नो श्रमिकलाई पनि कोषमा सूचीकृत गारउनु पर्नेछ ।

सम्बन्धित कम्पनीबाट श्रमिक सूचीकृत भएपछि कम्पनी र श्रमिकको स्किम अनुसार कोषमा योगदानको रकम जम्मा गर्नका लागि कोषले फेरि सूचना प्रकाशित गर्ने र त्यसपछि मात्रै कोषमा योगदानको रकम जम्मा गर्न शुरू गरिने कार्यकारी निर्देशक अधिकारीले बताए ।

तोकिएको समयभित्र सबै रोजगारदाता कम्पनी दर्ता भइसक्ने दाबी कार्यकारी निर्देशक अधिकारीले गरे । श्रम ऐन अन्तर्गत रहेर संगठित रोजगारदाता क्षेत्रले सामाजिक सुरक्षा कोषमा अननिवार्य दर्ता हुनै पर्ने भन्दै उनले तोकिएको समयभित्र सबै रोजगारदाता कम्पनी दर्ता भइसक्ने बताए । ‘दर्ता नभएमा कानूनी कारवाहीको व्यवस्था छ,’ उनले भने, ‘सबै कम्पनी दर्ता हुने र बुझ्ने प्रक्रियामा रहेकाले त्यस्तो कारवाही गर्ने अवस्था आउँदैन ।’

सामाजिक सुरक्षा कोषमा दर्ता नहुने निजी कम्पनीको बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का गर्न सक्ने कानूनी प्रावधान रहेको छ । कम्पनीको इजाजतपत्र समेत खारेज गर्न सकिने सामाजिक सुरक्षा कोषका अधिकारीहरू बताउँछन् ।

गत २६ कात्तिकमा प्रकाशित सूचनाअनुसार काठमाडौं उपत्यकाभित्र रहेका निजी कम्पनीले आगामी फागुन ६ भित्र आफ्नो श्रमिकको विवरण कोषमा बुझाउनु पर्नेछ ।

काठमाडौं उपत्यकापछि अन्य ठाउँमा पनि यो कार्यक्रम कार्यान्वयनमा ल्याइने सरकारले जानकारी गराएको छ । अन्य ठाउँका रोजगारदाता कम्पनीले सूचना अनुसार तोकिएको मितीभित्र आफ्नो कर्मचारी विवरण सामाजिक सुरक्षा कोषमा दर्ता गराउनु पर्ने कोषका कार्यकारी निर्देशक अधिकारीले बताए ।

यो कार्यक्रम कार्यान्वयनमा आएपछि निजी क्षेत्रमा कार्यरत श्रमिकले आफ्नो योगदानको आधारमा पेन्सन पाउने सरकारी अधिकारीहरूले बताएका छन् ।

श्रमिकको पारिश्रमिकबाट तलबको ११ प्रतिशत कोषमा जम्मा गरिने र त्यसमा सम्बन्धित कम्पनीले २० रकम थप गरिदिने बताइएको छ ।

आफ्नो तलबको ३१ प्रतिशत रकम मासिक रूपमा कोषमा जम्मा गरिने र भविष्यमा त्यसैबाट पेन्सन तथा त्यसअघि बिमासहितका विभिन्न सुविधा उपलब्ध उपलब्ध गराइने योगदानमा आधारित सामाजिक सुरक्षा ऐन तथा कार्यविधिमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x