२४ असार २०८३, बुधबार

गीता ज्ञान– यसरी हुनेछ सृष्टिको आरम्भ र अन्त्य

मंसिर २१, २०७५
गीता ज्ञान– यसरी हुनेछ सृष्टिको आरम्भ र अन्त्य

सर्वभूतानि कौन्तेय प्रकृर्ति यान्ति मामिकाम् । 
कल्पक्षये पुनस्तानि कल्पादौ विसृजाम्यहम् ।। (गीत–९/७)

हे कौन्तेय ! सबै भूत कल्पको अन्तमा मेरो प्रकृति प्राप्त हुन्छ, कल्पको प्रारम्भमा उनीहरुलाई म पुनः उत्पन्न  गर्छु । 

व्याख्या– उत्पत्तिदेखि लिएर प्रलय सम्म सृष्टि  अनेक कल्पमा बाँडिएको छ । जब अन्तिम कल्प हुनेछ, तब प्रलयकालमा सबै भूत तथा जो चराचर जगत छ, उनीहरु सबै आफ्नो मूल प्रकृतिमा लीन हुनेछ, किनकी सृष्टि मूल प्रकृतिबाट उत्पन्न हुन्छ र प्रलय कालमा यी सबै फेरि मूल प्रकृतिलाई नै प्राप्त हुन जान्छ । 

प्रलयपछि जब फेरि सृष्टिको निर्माण हुनेछ, तब उही मूल प्रकृतिबाट फेरि सृष्टिको उत्पत्ति हुन्छ । यस प्रकार यो सिलसिला अनन्तकालसम्म चलिरहन्छ । 

जसरी बिउमा पूरै रुख लुकेको हुन्छ यस्तै गरि मल प्रकृतिमा पूरा विश्व रहेको हुन्छ । यो मूल प्रकृति अरु केही नभएर परमात्माको शक्ति हो ।
 

salt training

कमेन्ट गर्नुहोस्