३० जेठ २०८३, शनिबार

स्वास्थ्य सचिवमा केदारबहादुर अधिकारी

मंसिर २३, २०७५
स्वास्थ्य सचिवमा केदारबहादुर अधिकारी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा केदारबहादुर अधिकारी  नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा रहेका सचिव अधिकारीलाई गत सोमवारको मन्त्रिपरिषद् बैठकको निर्णयबाट स्वास्थ्यम न्त्रालयमा सरुवा गरिएको प्रधानमन्त्री कार्यलयले जनाएको छ ।  
अधिकारी यसअघि पनि दुई वर्षसम्म स्वास्थ्य मन्त्रालयमा सहसचिवको रूपमा कार्यरत थिए । 

सरकारले गत असोज २८ गते डा. पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेपछि १२औं तहका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुलेरले निमित्त सचिवको जिम्मेवारी सम्हालिरहेका थिए ।

सचिव चौधरीले सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन् । चौधरीको मुद्दापछि सर्वोच्चले उनको सरुवा तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

सरकराले उक्त आदेशको खारेजीको माग गर्दै निवेदन समेत दर्ता गराएको छ । अदालतले सो विषयमा छलफलका लागि चौधरीलाई आदालतमा बोलाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्