×

NMB BANK
NIC ASIA

सुन तस्करीका अभियुक्तमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान, गोरेको अवैध सम्पत्ति भेटिएन

पुस १६, २०७५

NTC
Premier Steels

काठमाडौं– साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे)माथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान गरिरहेको छ ।

Muktinath Bank

गोरेले सुन तस्करीबाट आर्जन गरेको अवैध सम्पत्तिबारे विभागले अनुसन्धान थालेको थियो । विभागले गते जेठ २९ गतेबाट सुन तस्करी प्रकरणका ३ जना अभियुक्तमाथि अनुसन्धान थालेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुन तस्करी तथा सनम शाक्य हत्याकाण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे), अभियुक्त भुजुङ गुरुङ र डा. डेविट भनिने छिरिङ वाङ्गेल घलेमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान थालेको थियो । पछि सुन तस्करी प्रकरणमा जोडिएका अन्य अभियुक्तमाथि पनि विभागले अनुसन्धान शुरु गरेको छ । 


Advertisment
Nabil box
Kumari

सम्पत्ति शुद्धीकरण विभागले सुन तस्करी प्रकरणमा जोडिएका सबै अभियुक्तमाथि छानबिन शुरु गरेको जनाएको छ । 

Vianet communication

गोरेको अवैध सम्पत्ति भेटिएन

साढे ३३ किलोसहितको ३८ किलो सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती अहिले केन्द्रीय कारागारमा थुनामा छन् । 

जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएका गोरेमाथि अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागले नै काठमाडौं झिकाएको थियो । विभागले गत जेढ २९ गते गोरेसँग बयान लिएर अनुसन्धान अगाडि बढाएको थियो । तर, अनुसन्धान थालेको ८ महिना वितिसक्दा पनि विभागले गोरेको अवैध सम्पत्ति फेला पर्न सकेको छैन । 

‘सुन तस्करी प्रकरणमा जोडिएका गोरे भनिने चूडामणि उप्रेतीको सम्पत्तिमाथि अनुसन्धान अहिले पनि चलिरहेको छ,’ विभागका एक अधिकारीले भने, ‘तर, उनको नाममा अहिलेसम्म त्यस्तो कुनै अवैध सम्पत्ति रहेको प्रमाण फेला पर्न सकिएको छैन ।’

विभागले सुन तस्करी प्रकरणमा जोडिएका अभियुक्त भुजुङ गुरुङ र डा. डेविट भनिने छिरिङ वाङ्गेल घलेमाथि पनि अनुसन्धान थालेको थियो । उनीहरुको पनि कुनै प्रकारको अवैध सम्पत्ति फेला नपरेको विभाग स्रोतले लोकान्तरलाई जानकारी दियो । 

‘उनीहरुको आफ्नै नाममा र आफन्तको नाममा रहेको सम्पत्ति खोजी गर्ने काम चलिरहेको छ । केहीको सम्पत्ति अस्भाविक पनि देखिएको छ,’ विभागको एक अधिकारीले भने, ‘तर, अहिले नै मुद्दा चलाउन मिल्ने खालको प्रमाण फेला परेको छैन ।’

विदेशमा रहेको सम्पत्तिको खोजी गरिँदै

सम्पत्ति शुद्धीकरण विभागले सुन तस्करी प्रकरणमा जोडिएका व्यक्तिको नाममा विदेशमा पनि सम्पत्ति हुनसक्ने भन्दै खोजी शुरु गरेको जनाइएको छ । 

विभागले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा गोरे, भुजुङ र छिरिङको नाममा नेपाल बाहेक अन्य मुलुकमा सम्पत्ति रहेकोबारे खोजी शुरु गरिसकेको छ । समितिका अधिकारीका अनुसार अन्य अभियुक्तको पनि विदेशमा रहेको सम्पत्ति खोजी शुरु गरिन लागिएको छ । 


सम्पत्ति शुद्धीकरण निवाकरण ऐन, २०६४ को (१९) मा कसुरसँग सम्बन्धित व्यक्तिका नाममा नेपाल बाहिर अन्य देशमा सम्पत्ति रहे रोक्का राख्न तथा नियन्त्रणमा लिन सम्बन्धित देशसँग समन्वयन गर्ने सकिने प्रावधान छ । 

दफा (१९)को उपदफा (१) मा ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रिलयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धान गर्दा दफा १८ बमोजिम रोक्का राख्नु वा नियन्त्रणमा लिनु पर्ने देखिएको कसूरबाट प्राप्त सम्पत्ति वा कसूरसँग सम्बन्धित साधन विदेशमा रहे भएको देखिएमा विभागले तोकिए बमोजिम त्यस्तो व्यक्तिको सम्पत्ति रोक्का राख्न वा नियन्त्रणमा लिन तत्काल परराष्ट्र मन्त्रालय मार्फत्सम्बन्धित मुलुकमा लेखी पठाउनु पर्नेछ,’ भनी उल्लेख गरिएको छ । 

यस्तै पारस्परिक कानूनी सहायता ऐन, २०७० बमोजिम पनि विदेशमा रहेको सम्पत्ति नेपाल ल्याउन सकिने विभागका निर्देशक लामिछानेको भनाइ छ । यद्यपि यसका लागि भने पारम्परिक कानून सहायताका लागि अन्य देशसँग सम्झौता भएको हुनुपर्ने कानूनविदहरुको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x