०७ असार २०८३, आइतबार

रविन्द्र अधिकारीसहित दुई पूर्व मन्त्रीलाई कानून अनुसार कारवाही गर्न लेखाको निर्देशन

पुस २३, २०७५
रविन्द्र अधिकारीसहित दुई पूर्व मन्त्रीलाई कानून अनुसार कारवाही गर्न लेखाको निर्देशन

काठमाडौं– सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै बहालवाला पर्यटनमन्त्रीसहित दुई पूर्व पर्यटनमन्त्रीलाई कानून अनुसार कारवाही गर्न सिफारिस गरेको छ । 

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले पेश गरेको प्रतिवेदन संशोधनसहित पेश गरिएको थियो । जसमा मन्त्रीहरुले नैतिक जिम्मेवारी लिए मात्रै पुग्ने उल्लेख गरिएको थियो । 

तर उपसमितिका संयोजक र सदस्यहरुले संशोधन गरिएको प्रतिवेदनमा आपत्ति जनाएका थिए । उनीहरुले आपत्ति जनाउँदै फरक मत राख्ने अडान लिएपछि समितिले तीन मन्त्रीलाई पनि कानून अनुसार कारवाही गर्न सिफारिस गरेको हो । 

यसअघि राजपा सांसद चन्दा चौधरीले मन्त्रीहरुलाई पनि छानविनमा ल्याउनुपर्ने भन्दै प्रस्ताव संशोधनमाथि आपत्ति जनाएकी थिइन् । 

फोरमका सांसद प्रदिप यादवले सरकारलाई जमानतमा बसाउने मन्त्री, क्याविनेटमा प्रस्ताव लाने मन्त्रीहरु दोषी नुहने कर्मचारी मात्र दोषी हुने भन्दै प्रश्न गरेका थिए । उनले मन्त्रीलाई उन्मुक्ति दिएर ठूला माछालाई उम्काउन खोजेको आरोप लगाउँदै संशोधित प्रस्तावमा आपत्ति जनाएका थिए । 

त्यस्तै नेकपाका सांसद विशाल भट्टराइले बाइडबडी छानवीन प्रतिवेदनमा मन्त्रीहरुको ‘वदनियत’ भन्ने शव्द हटाएको आपत्ति जनाए । यसमा मन्त्रीहरुको वदनियत देखिन्छ यसलाई समावेश गर्नु पर्छ भट्टराईले बैठकमा भनेका थिए । 
सांसदहरुको आपत्ति पछि समिति सभापति भरत शाहले  बदनियत भन्ने शव्द नराखेर कानून अनुसार कारवाही गर्न सिफारिस गरिएको जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्