लोकान्तर संवाददाता
काठमाडौं, २६ फागुन –१०७ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शताब्दी साहित्य प्रतिष्ठानले नियात्राकार प्रभा बरालको नियात्रा कृति ‘आत्महत्याको जङ्गल’ माथि अन्तक्र्रिया तथा कवितावाचन कार्यक्रम सम्पन्न गरेको छ ।

वरिष्ठ साहित्यकार गीता केशरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरू डा. रजनी ढकाल, गीता त्रिपाठी र ज्ञाननिष्ठ ज्ञवालीले कृतिबारे विवेचना गरेका थिए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार माया ठकुरी र कृष्ण धरावासीसमेतको उपस्थिति थियो ।
आत्माराम खरेल, गंगा भेटवाल, ममता शर्मा नेपाल, सरु पोखरेल, विजयराज न्यौपाने र गीता रेग्मीले अन्तक्र्रियामा भाग लिएका थिए ।
कृतिसम्बन्धी जिज्ञासालाई लेखक प्रभा बरालले सम्बोधन गरेकी थिइन् ।
कार्यक्रममा प्रेरणा पोखरेल, गौरी लम्साल, प्रतिभा शर्मा, गंगा पौडल कर्माचार्य, निर्मल पराजुली, शारदा पराजुली, विजयराज न्यौपाने, निर्भीक राई, सुस्मिता नेपाल, द्वारिका अन्जान, लक्ष्मी बड्तौला र अर्चना पोखरेलले कवितावाचन गरेका थिए ।
शताब्दी साहित्य प्रतिष्ठानकी अध्यक्ष अञ्जना पौडेलले कार्यक्रमको अक्ष्यक्षता गरेकी थिइन ।