मंसिर १४, २०८०
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
माघ २, २०७५
काठमाडौं– देशकै जेठो वीर अस्पतालमा रंग रोगन गरिएपछि अस्पतालको स्वरुप फेरिएको छ । धुर्मुस–सुन्तली फाउण्डेशनको सक्रियतामा गत जेठ महिनादेखि वीर अस्पतालको स्वरुप फेरिएको हो ।
अस्पताल नयाँ रंगले चम्किएको छ, भर्याङहरु नयाँ भएका छन्, शौचालय, बाटोहरु सफा छन् । रंगरोगनले अस्पताल नयाँ देखिएको भएपनि सेवा दिने तरिका पुरानै भएको भन्दै सेवाग्राही खिन्न बन्ने गरेका छन् ।
विहान ८ बज्नुअघि नै बिरामीहरु टोकन लिन लामबद्ध बनिसकेका हुन्छन् । टोकन लिने समयमा कहिलेकाही त तछाडमछाड नै चल्ने गर्छ ।
विभिन्न किसिमका स्वास्थ्य समस्या लिएर देशभरबाट आउने बिरामीहरु टोकन लिन मात्रै होइन, टिकट लिन, चिकित्सकलाई आफ्नो समस्या देखाउन र औषधि किन्ने ठाउँसम्म लाइन बसेर पालो कुर्नुपर्छ ।
अस्पलातमा बिरामीको संख्या अत्याधिकहुँदा बिरामीहरुले लाइन बसेर मात्रै सेवा लिनुपर्ने अवस्था रहेको वीर अस्पतालका निमित्त निर्देशक डा. भूपेन्द्र बस्नेत बताउँछन् ।
तर वीर अस्पतालमा सेवा लिन जानेहरुले यो समस्याबाट मुक्ति पाउने भएका छन् ।
बिरामीले घण्टौंसम्म लाइनमा बसेर उपचार गराउनुपर्ने बाध्यतालाई वीर अस्पतालले व्यवस्थापन गर्ने तयारी गरेको छ ।
बिरामीले घरमै बसेर टिकट बुक गरी चिकित्सकको समय लिएर लाइन नबसी उपचार सेवा लिन पाउँने व्यवस्था गर्न लागिएको अस्पतालका निमित्त निर्देशक डा. बस्नेतले बताए ।
‘वीर अस्पताल अब पुरानो अस्पताल रहँदैन, हामीले यो वर्षमा होल डिजिटलाइज(पूर्ण प्रविधियुक्त) गर्दै छौं,’ डा. बस्नेतले लोकान्तरसँग भने, ‘अब वीर अस्पतालमा उपचारका लागि टिकट काट्न अस्पतालमै आउनु पर्दैन, वीर अस्पतालको डाक्टरलाई देखाउन घरमै बसिबसि टिकट काटेर उपचार गर्न आउन सक्नुहुन्छ, हामीले त्यसको काम शुरु गरिसकेका छौं ।’
अस्पतालमा विद्युतीकरण गर्नका लागि गतवर्षकै टेन्डर मार्फत ५० लाखको सर्भरसमेत खरिद गरिसकेको डा. बस्नेतले जानकारी दिए । अस्पताललाई प्रविधिमैत्री बनाउनका लागि सफ्टवेयरमा डाक्टरहरुको र बिरामीहरुको रेकर्ड राख्ने भइरहेको उनले जानकारी दिए ।
वीर अस्पतालको ओपीडीमा दैनिक २ हजारदेखि २५ सय सम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...