कात्तिक २२, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
माघ ३, २०७५
काठमाडौं –संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका लागि ७७ हजार ३४ कर्मचारीले आबेदन दिएका छन । कर्मचारीले बुधवार राति १२ बजेसम्म अनलाइनबाट आवेदन दिएका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ७७ हजार ३४ कर्मचारीले समायोजनको आवेदन भरेर आफूले समायोजन हुन चाहेको तह रोजिसकेका छन् । जसमध्ये निजामती कर्मचारीको संख्या ७५ हजार ३ सय ६७ छ ।
समायोजनका लागि आवेदन दिएकामध्ये ४६ हजार २ सय ७० जनाले संघ (केन्द्र) रोजेका छन् । सरकारले केन्द्रका लागि ५७ हजार ९ सय २० कर्मचारीको दरबन्दी निर्धारण गरेको थियो ।
यस्तै प्रदेश रोज्ने कर्मचारीको संख्या ५८ हजार ६ सय २३ छ । सरकारले प्रदेशका लागि २२ हजार ७ सय ५५ कर्मचारीको दरबन्दी तोकेको छ ।
समायोजनका परेका आवेदनमध्ये ३ लाख ४५ हजार २ सय २५ आवेदन स्थानीय तहका लागि परेका छन् । स्थानीय तह रोज्ने एउटा कर्मचारीले प्राथमिकताका आधारमा १ भन्दा बढी १५ वटासम्म स्थानीय तह रोज्न पाउने व्यवस्था भएकाले स्थानीय तहमा परेको आवेदनको संख्या समायोजनका लागि आवेदन दिएका कर्मचारीको संख्या भन्दा बढी देखिएको हो । सरकारले स्थानीय तहका लागि ६७ हजार ५ सय ३ कर्मचारीको दरबन्दी निर्धारण गरेको छ ।
समायोजन नरोज्ने कर्मचारीलाई के हुन्छ ?
सरकारले १ लाख ३८ हजार १ सय ७८ कर्मचारी समायोजन प्रक्रियामा सहभागी हुने जनाएको छ । ७१ हजार ५ सय ९८ कर्मचारीले अनलाइनबाट आवेदन भरेर समायोजन प्रक्रिया रोजे भने ६६ हजार ५ सय ८० कर्मचारीले समायोजनका लागि फारम भरेनन् । तर, समायोजन नरोज्ने कर्मचारीलाई पनि कर्मचारी समायोजन अध्यादेशअनुसार बाध्यकारी बनाइएको छ ।
समायोजन नरोज्ने कर्मचारीलाई समायोजन रोजेर आवेदन दिएका कर्मचारीले छाडेको ठाउँमा खटाइने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी समायोजन तथा संगठन विकास शाखाका प्रमुख सहसचिव केदार प्रसाद पनेरुले जानकारी दिए ।
‘समायोजनका लागि आवेदन दिएका कर्मचारीलाई सफ्टवेयरले नै सबै आधारहरू केलाएर समायोजन हुने तह निर्धारण गर्नेछ,’ सहसचिव पनेरुले भने, ‘समायोजन नरोज्ने कर्मचारीलाई पनि सफ्टवेयरले नै समायोजन गर्ने छ । तर उनीहरूले आवेदन दिएका कर्मचारीले छाडेको ठाउँमा जानुपर्ने बाध्यता हुनेछ ।’
समायोजन नरोजेका कर्मचारीको विवरण समेत कर्मचारी समायोजनका लागि निर्माण गरिएको सफ्टवेयरमा समावेश गरिनेछ । निजामती कितावखानामा उपलब्ध रेकर्डका आधारमा उनीहरूको विवरण सफ्टवेयरमा राखिने छ ।
कर्मचारी समायोजन तथा संगठन विकास शाखाकी उपसचिव अनिता निरौलाका अनुसार समायोजनका लागि आवेदन नभरेका कर्मचारीको पनि सफ्टवेयरबाटै समायोजन गरिने छ । ‘पहिले समायोजनका लागि आवेदन दिएका कर्मचारीको समायोजन प्रक्रिया टुंग्याएर आवेदन नदिएका कर्मचारीको विवरण सफ्टवेयरमा अपलोड गरिने छ,’ निरौलाले भनिन् ।
अबको २ हप्तापछि हातमा पत्र
कमर्मचारी समायोजनका लागि अनलाइनबाट आवेदन भर्ने समय सकिएपछि बिहीवारदेखि कर्मचारीको विवरण रुजु गर्ने काम शुरू भएको छ । समायोजन रोजेका कर्मचारीले अनलाइनबाट आवेदन भर्दा पेश गरेको विवरण र निजामती किताबखानामा भएको विवरण भिडाएर कर्मचारीको विवरण रुजु गरिने छ ।
अनलाइनमा भरेको विवरण र निजामती कितावखानामा रहेको विवरण मेल नखाएमा किताबखानामा भएको विवरणलाई आधार मानेर विवरण रुजु गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीको भनाइ छ ।
अनलाइनबाट आवेदन दिएका कर्मचारीको विवरण रुजु भएपछि आवेदन नभरेका कर्मचारीको विवरण रुजु गर्न शुरू गरिने छ । यो सबै काम सक्न कम्तिमा २ हप्ताको समय लाग्ने उपसचिव निरौला बताउँछिन् ।
यी सबै काम सकिएपछि समायोजन प्रक्रियामा सहभागी हुने कर्मचारीलाई पत्र दिन शुरू गरिनेछ । प्रदेश र स्थानीय तहमा समायोजन हुनु नपर्ने कर्मचारीलाई भने सबैभन्दा पहिले पत्र प्रदान गरिने छ ।
राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) र राजपत्रांकित प्रथम श्रेणी (सहसचिव)लाई वरिष्ठताका आधारमा पहिलो नम्बरमा संघमा समायोजन भएको पत्र दिइने छ ।
न्याय सेवा, परराष्ट्र र महालेखा परीक्षक समूहका कर्मचारी पनि संघमा नै समायोजन हुनेछन् ।
त्यसपछि संघ, प्रदेश र स्थानीय तह गरी ३ वटै तहमा समायोजन हुने सेवा र समूहका कर्मचारीलाई पत्र प्रदान गरिने छ ।
समायोजनमा नगए पदबाट बर्खास्त !
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अबको २ हप्तापछि सबै कर्मचारीको हातमा समायोजन भएको पत्र प्राप्त भइसक्ने छ । यसरी पत्र प्राप्त भएको २१ दिनपछि समायोजन भएका कर्मचारीले समायोजन भएको प्रदेश वा स्थानीय तहको सेवामा अनिवार्य रूपमा हाजिर हुनुपर्ने छ ।
कर्मचारी समायोजन अध्यादेशको दफा (१६) अनुसार समायोजनको पत्र बुझेको २१ दिनभित्र (बाटो म्याद बाहेक)मा हाजिर नहुने कर्मचारीलाई पदबाट अवकाश दिइने छ ।
समायोजनअनुसार हाजिर नहुने कर्मचारीलाई बर्खास्त गरिनु अगाडि कानून बमोजिम सफाइ र स्पष्टीकरण पेश गर्ने मौका भने दिइने छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...