
काठमाडौं – गायक सुरेशरमण अधिकारी र हिमाल शर्मा तथा गायिका सीता बरालको स्वरमा रहेको ‘यो मान्छेको चोला’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ ।
शर्मिला पुरीको संगीत र महेश नेपालको शब्द रहेको गीतलाई जनता डिजिटल फिल्मस् प्रालिले बजारमा ल्याएको हो ।
म्युजिक भिडियोलाई शर्मिला पुरीले नै निर्देशन गरेकी छिन् । म्युजिक भिडियोमा केशव सापकोटा, अनु पराजुली, विजय कुँवर र आरोबी शाही ठकुरीको अभिनय छ ।
अमृत चापागाइँले सम्पादन गरेको गीतको छायाँकन मुकेश हुमागाइँले गरेका हुन् ।