×

NMB BANK
NIC ASIA

सरकारी कार्यालयमा सेवाग्राहीलाई झन्झट : काम लिन कि भनसुन, कि त घूस !

माघ २५, २०७५

NTC
Premier Steels

काठमाडौं – सरकारी कार्यालयमा सेवाग्राहीले बाह्य व्यक्तिको सहयोग (भनसुन) बाट काम लिनुपर्ने अवस्था रहेको तथ्य सार्वजनिक भएको छ ।

Muktinath Bank

राष्ट्रिय सतर्कता केन्द्रले गरेको एक अध्ययनमा सरकारी कार्यालयमा सेवा लिन गएका सेवाग्राहीले भनसुनमार्फत् काम गराउनुपर्ने बाध्यता रहेको पाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सतर्कता केन्द्रले सार्वजनिक सेवा प्रवाहको अवस्थाका बारेमा जानकारी लिन सेवाग्राही सर्वेक्षण गरेको थियो ।


Advertisment
Nabil box
Kumari

नमूना छनौटका रूपमा चितवन जिल्लामा गरेको अध्ययन अनुसार ३६ प्रतिशत सेवाग्राहीले सरकारी कार्यालयमा सेवा प्रवाहका लागि बाह्य व्यक्तिको सहयोग लिनै पर्ने अवस्था रहेको बताएका छन् ।

Vianet communication

‘सेवा प्रवाह गर्न बाहिरी व्यक्तिको सहयोग आवश्यक परेको भन्ने ३६ प्रतिशत रहेको छ,’ केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

६२ प्रतिशतले सरकारी सेवा प्राप्त गर्न बाह्य व्यक्तिको सहयोग आवश्यक नपरेको प्रतिक्रिया दिएका छन् ।

सर्वेक्षण गरिएका अन्य २ प्रतिशत सेवाग्राहीले सरकारी सेवा लिनका लागि बाह्य व्यक्तिको सहयोग लिन परेको वा नपरेको नखुलाएको केन्द्रले जानकारी दिएको छ ।

सर्वेक्षण अनुसार सरकारी सेवा प्रवाहमा समयमै काम समेत हुने गरेको छैन ।

३६ प्रतिशत सेवाग्राहीले सेवा लिनका लागि सरकारी कार्यालयमा जाँदा समयमै काम नभएको बताएका छन् ।

सेवा शुल्कमा मनलाग्दी

सरकारी कार्यालयमा सेवा प्रवाहका लागि जाने सेवाग्राहीले सेवा शुल्कमा एकरूपता नभएको बताएका छन् । सतर्कता केन्द्रको अध्ययन अनुसार सेवा शुल्क दस्तुर उपयुक्त नभएको २९ प्रतिशत सेवाग्राहीले बताएका छन् ।

४१ प्रतिशत सेवाग्राहीले सेवा शुल्क दस्तुर उपयुक्त रहेको र ३० प्रतिशतले प्रतिक्रिया नै दिन नचाहेको सतर्कता केन्द्रले जानकारी दिएको छ । त्यस्तै सेवाको गुणस्तरको बारेमा ३७ प्रतिशत सेवाग्रहीले प्रतिक्रिया दिन चाहेका छैनन् ।

३२ प्रतिशत सेवाग्राहीले सेवा गुणस्तरीय नभएको र ३१ प्रतिशतले गुणस्तरीय सेवा रहेको बताएका छन् ।

सेवा प्रवाह झञ्झटिलो

सरकारी कार्यालयबाट दिइने सेवा प्रक्रिया झञ्झटिलो रहेको छ । सतर्कताको अध्ययन अनुसार ३९ प्रतिशत सेवाग्राहीले सरकारी सेवा प्रवाह प्रक्रिया झञ्झटिलो रहेको बताएका छन् ।

त्यस्तै ३० प्रतिशतले सेवा प्रवाह प्रक्रिया सहज रहेको र ३१ प्रतिशतले बोल्नै नचाहेको सतर्कता केन्द्रले जानकारी दिएको छ । सेवा प्रवाहका क्रममा कर्मचारीले व्यवहार समेत नराम्रो गर्ने गरेको अध्ययनको क्रममा पाइएको छ । ३१ प्रतिशत सेवाग्राहीले कर्मचारीको व्यवहार नराम्रो रहेको बताएका छन् ।

२६ प्रतिशत सेवाग्राहीले कर्मचारीको व्यवहारबारे केही बोल्न चाहेका छैनन् र ४३ प्रतिशत सेवा ग्राहीले कर्मचारीको व्यवहार राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

घूस नदिए काममा ढिलाइ

सेवाग्राहीले सरकारी कार्यालयबाट सेवा लिँदा समयमै काम नहुने गरेको बताएका छन् । २४ प्रतिशत सेवाग्राहीले तोकिएको कागजात पेश नगर्दा समयमै काम नभएको बताएका छन् । त्यस्तै कार्यालयमा सम्बन्धित कर्मचारीको उपस्थिति नभएका कारण पनि सेवाग्राही मार्कामा पर्ने गरेका छन् ।

१९ प्रतिशत सेवाग्राहीले सम्बन्धित कर्मचारीको उपस्थिति नभएका कारण सरकारी कार्यालयबाट हुने सेवा प्रवाह समयमै नहुने गरेको बताएका छन् । १४ प्रतिशत सेवाग्राहीले कर्मचारी उपस्थित हुँदहुँदै पनि काम नगरिदिँदा काममा समय लाग्ने गरेको बताएका छन् । ‘तोकिएको समयमा काम नहुनुको कारण कर्मचारीले काम नगरेकाले भन्ने १४ प्रतिशत सेवाग्राही रहेका छन्,’ सतर्कता केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै १ प्रतिशत सेवाग्राहीले घूस नदिएका कारण समयमै काम नभएको प्रतिक्रिया दिएका छन् । ४० प्रतिशत सेवाग्राहीले समयमै काम नहुनुको कारण उल्लेख गर्न चाहेका छैनन् । 

राष्ट्रिय सतर्कता केन्द्रका एक अधिकारीले चितवन जिल्लामा यो किसिमको कैफियत पाइनु दुःखद् रहेको बताए । चितवनको आधारमा मुलुकभरि नै कैफियत रहेको अनुमान गर्न सकिने केन्द्रका ती अधिकारीको भनाइ थियो । 

‘कुनैपनि किसिमले हेर्दा चितवनमा यस्तो कैफियत होला भन्ने अनुमान थिएन,’ केन्द्रका ती अधिकारीले भने, ‘विश्वास गरिएको र केन्द्रबाट समेत नजिक रहेको जिल्लामा यस्तो पाइनु भनेको निकै दुःखद् कुरा हो । टाढाका जिल्लामा अझ बढी हुन सक्छ, ।’

केन्द्रले गरेको सर्वेक्षणमा ६३ प्रतिशत पुरुष र ३७ प्रतिशत महिलाको सहभागिता रहेको थियो ।

सो क्रममा सरकारी कार्यालयमा हुने नागरिक बडापत्रको बारेमा गरिएको प्रश्नमा ५६ प्रतिशत सेवाग्राहीले कुनै पनि जानकारी नरहेको प्रतिक्रिया दिएका थिए । अध्ययन गत माघ पहिलो साता गरिएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x