०३ असार २०८३, बुधबार

नेविसंघका ३ विद्यार्थी नेता साधारण तारेखमा रिहा

माघ २५, २०७५
नेविसंघका ३ विद्यार्थी नेता साधारण तारेखमा रिहा

पोखरा – पोखरा महानगरपालिकाको शिक्षा शाखाको जीपमा आगजनी गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेता रिहा भएका छन् ।

माघ १९ गते सार्वजनिक बिदाका दिन गाडी चलाएको भन्दै शिक्षा शाखाको गाडी नियन्त्रणमा लिएर आगजनी गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेतालाई जिल्ला अदालत कास्कीले साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

विद्यार्थी रिहाइको माग गर्दै नेविसंघले आन्दोलन गर्दै आएको थियो । ३ जना विद्यार्थीलाई जिल्ला अदालतले साधारण तारेखमा छाडेको नेविसंघका केन्द्रीय सदस्य भानु ढकालले बताए ।

पोखरा महानगरपालिका शिक्षा शाखाको गाडी जलाएको आरोपमा प्रहरीले नेविसंघका ५ नेतालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये राजेन्द्र बराल र लक्ष्मी पौडेल पहिले नै छाडेको थियो भने परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई शुक्रवार अदालतले साधारण तारेखमा छाडेको छ ।

salt training

कमेन्ट गर्नुहोस्