×

NMB BANK
NIC ASIA

खानेपानीको चार अर्ब बराबरका ठेक्का अलपत्र, १७ आयोजना रुग्ण

फागुन १२, २०७५

NTC
Premier Steels

काठमाडौं –खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत करीब ४ अर्ब रुपैयाँ बराबरका निर्माणाधीन आयोजना अलपत्र परेका छन् । विभागअन्तर्गत लामो सयमदेखि सञ्चालनमा रहेका ३ अर्ब ९० करोड रुपैयाँ बराबरका विभिन्न १७ आयोजनाको काम सयममै नसकिँदा ठेक्का अलपत्र परेका हुन् ।

Muktinath Bank

सो विभाग अन्तर्गत नुवाकोट, नवलपरासी, चितवन, तनहुँ लगायतका विभिन्न जिल्लाका ३ अर्ब ९० करोड रुपैयाँ लगानीका आयोजना अलपत्र रहेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

८१ करोड ८ लाख रुपैयाँ लगानीमा ठेक्का सम्झौता भएको नुवाकोटको विदुर नगर खानेपानी आयोजना सम्पन्न हुनुपर्ने अवधि गत जुन ११ सम्मको रहेको थियो । तर सम्झौताको म्यादसहित ६ महिना नाघिसक्दा समेत उक्त आयोजनाको काम ८० प्रतिशत मात्रै भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उक्त ठेक्कालाई रुग्ण घोषित गरेको छ ।


Advertisment
Nabil box
Kumari

खानेपानी तथा ढल व्यवस्थापन विभागले उक्त आयोजनाको निर्माणको काममा ढिलाइ भएको स्वीकार गर्दै निर्माण कार्य अघि बढिसकेको जानकारी दिएको छ ।

Vianet communication

विभागका सूचना अधिकारी रत्नप्रसाद लामिछानेले उक्त आयोजना निर्माणका क्रममा केही समस्या आएको र केही समय ढिलाइ भएपनि पछिल्लो समय निर्माण अकार्य अघि बढिसकेको बताए ।

‘गल्छी–रसुवागढी सडक विस्तार कार्यमा सडकको जग्गा मुआब्जा विवाद भएका कारण ३ किलोमिटर पाइपलाइनको काममा बाधा अड्चन आएको थियो,’ उनले लोकान्तरसँग भने, ‘आगामी मे २८ सम्म सम्पन्न गर्ने गरी ठेक्का सम्झौताको म्याद थपिएको छ । निर्माण कार्य भइरहेको छ र अबको ४ महिनामा उक्त काम सकिन्छ ।’

नवपरासीको तमसरिया नगर आयोजना गत मार्चमा नै सम्पन्न हुनुपर्ने सम्झौतामा थियो । ३० करोड ७८ लाख ठेक्का सम्झौता भएको उक्त आयोजनाको काम म्याद थप हुँदासम्म समेत ७६ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

थपिएको म्याद अनुसार उक्त आयोजनाको काम गत १० तारिखमै सम्पन्न हुनुपर्ने थियो । खानेपानी विभागले उक्त आयोजनाको काम समेत निर्माणकै क्रममा रहेको र अबको तीन महिनामा काम सम्पन्न हुने प्रतिक्रिया दिएको छ । आंशिक रूपमा पानी परीक्षण भइरहेको विभागका सूचना अधिकारी लामिछानेको भनाइ थियो ।

तीन वर्षअघि सकिनुपर्ने अझै अपूरो

तनहुँको डुम्रे नगर आयोजना २०१६ डिसेम्बर ८ तारिखमै सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।  १५ करोड २३ लाखमा ठेक्का सम्झौता भएको उक्त आयोजनाको म्याद थप गर्दा समेत काम सम्पन्न भएको छैन । थप गरिएको म्याद अनुसार २०१७ को सेम्टेम्बर २८ तारिखमा उक्त आयोजना सम्पन्न हुनुपर्ने भएपनि ९५ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

१७ वटा आयोजना रुग्ण

माथिका तीन आयोजना प्रतिनिधिमूलक उदारण मात्र हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्ता १७ वटा आयोजनालाई रुग्ण ठेक्काको सूचीमा राखेको छ ।

कुल १७ वटा रुग्ण आयोजनामध्ये विभिन्न १० वटा आयोजनाको ठेक्का सम्झौता समेत नभएको आयोगले जानकारी दिएको छ ।

खानेपानी विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने जस्तो रुग्ण ठेक्का भन्न नमिल्ने प्रतिक्रिया दिएको छ । विभागका सूचना अधिकारी लामिछानेले अख्तियारले भने जस्तो रुग्ण अवस्थामा कुनैपनि आयोजना नरहेको र सबै लगभग निर्माणको अन्तिम चरणमा रहेको बताए ।

त्यसको लागि सबै आयोजनाको अध्यावधिक अवस्थाको समीक्षा सहित निर्माण कार्य अघि बढाउने योजना बनाएको लामिछानेको भनाइ छ ।

पढ्नुहोस्, यो पनि :
निरीह दुईतिहाइ सरकार : भाषण समृद्धिको, विकास निर्माणका आयोजना ठप्प !

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x