२७ असार २०८३, शनिबार

अमेरिकाले ६ भेनेजुयली सुरक्षाकर्मीविरूद्ध प्रतिबन्ध लगायो

फागुन १७, २०७५
अमेरिकाले ६ भेनेजुयली सुरक्षाकर्मीविरूद्ध प्रतिबन्ध लगायो

वासिङ्टन– भेनेजुयलामा मानवीय सहायताका लागि पठाइएको सामान रोकेको आरोपमा संयुक्त राज्य अमेरिकाले शुक्रबार छ भेनेजुयली सुरक्षाकर्मीविरूद्ध प्रतिबन्ध लगाएको छ । 

विपक्षी नेता हुँवा गुएइदोले भेनेजुयलाको सङ्कटका कारण खाद्यान्न, औषधीलगायत आधारभूत सामग्रीको अभाव भएको भन्दै अन्तर्राष्ट्रिय समुदायसँग सहयोगका लागि गरेको अनुरोधमा वासिङ्टनले सहायता सामग्री पठाएको थियो । 

तर सामान भेनेजुयलाको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सहयोगमा रोकिएको छ । 

प्रतिबन्ध लगाइएका सुरक्षाकर्मीहरूमा भेनेजुयली नेशनल गार्डका मेजर जनरल जेसस लोपेज भार्गस, जेसस मारिया मन्टिला ओलिभर्सलगायत रहेका अमेरिकी ट्रिजरी डिपार्टमेन्टले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्