
काठमाडौं – संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको प्रतिबन्धलाई उल्लंघन गर्ने २० देशमाथि अनुसन्धान गरिरहेको छ ।
ती २० देशमध्ये चीनविरुद्ध गोप्य आणविक खरिद, सिरियामाथि हतियार सौदा र इरान, लिबिया तथा सुडानमाथि सैनिक सहकार्यको आरोप छ ।
राष्ट्रसंघीय सुरक्षा परिषद्समक्ष पेश गरिएको ६६ पृष्ठ लामो प्रतिवेदनमा उल्लेख भएअनुसार, उत्तर कोरियामा रोल्स रोयस फ्यान्टम, मर्सिडिज बेन्ज लिमूजिन लगायतका विलासी गाडी देखिएका छन् जबकि उक्त देशलाई विलासी वस्तु बेच्नमा प्रतिबन्ध लगाइएको छ ।
उत्तरले आर्थिक संगठनहरूबाट अवैध रूपमा पैसा सार्ने गरी साइबर आक्रमण गरेको र क्रिप्टोकरेन्सीमा कारोबार गरेको र यसैमार्फत आर्थिक प्रतिबन्धलाई छल्न सफल भएको प्रतिवेदनले औंल्याएको छ ।
प्रतिवेदनमा उत्तरको योङब्योन आणविक भट्टी सक्रिय रहेको उल्लेख गरिएको छ ।
एपीबाट