०९ असार २०८३, मंगलबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा फिल्म बन्ने

फागुन २९, २०७५
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा फिल्म बन्ने

मुम्बई- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित रहेर फिल्म बन्ने भएको छ । 

अक्षय कुमारको फिल्म 'ओ माइ गड'का निर्देशक उमेश शुक्लाले भारतीय प्रधानमन्त्रीको जीवनीमा आधारित 'मोदी' नामको वेब सिरिज बनाउने भएका छन् । यो वेब सिरिज १० भाग सम्मको हुनेछ । कंपनी बेंचमार्क पिक्चर्स बनाएगी।

यो भारतीय प्रधानमन्त्री मोदीको एक प्रकारको बायोपिक हुनेछ जसमा उनी राजनीतिमा आउनुअघि देखि प्रधानमन्त्रीसम्मको यात्रालाई देखाइनेछ । यस फिल्मको पहिलो पोस्टर पनि जारी भइसकेको छ । यो वेब सिरिज यसै वर्षको अप्रिलदेखि स्ट्रिमिङ हुनेछ । 

यो वेब सिरिज नरेन्द्र मोदीको १२ वर्षको उमेरदेखि शुरू हुनेछ र  उनको जीवनका संघर्षहरूलाई देखाइनेछ । जानकारीका अनुसार यस वेब सिरिजमा नरेन्द्र मोदीको भूमिकालाई अलगअलग समयमा अलगअलग कलाकारले निर्वाह गर्नेछन् । 

सलीम सुलेमानले यस वेब सिरिजका लागि संगीतमा दिएका छन् । 

 

salt training

कमेन्ट गर्नुहोस्