२५ असार २०८३, बिहीबार

न्युजील्यान्ड हत्याकाण्ड : मस्जिद पसेका रहिमी फर्किएका छैन्, परिवार चिन्तित

न्युजील्यान्ड हत्याकाण्ड : मस्जिद पसेका रहिमी फर्किएका छैन्, परिवार चिन्तित

काठमाडौं – उनन्चालीस वर्षीय राहिमी अहमद न्युजील्यान्डको क्राइस्टचर्चस्थित डीन्स एभेन्युमा रहेको मस्जिद अल नूर शुक्रवारको प्रार्थनाका लागि आफ्ना ११ वर्षीय छोरासँग गएका थिए । 

उनका छोरा बाहिर खेलिरहँदा मस्जिदमा गोली चलेको आवाज सुनियो । मस्जिद जाने अर्का एक व्यक्तिले उनको हात समाते र उनलाई नजिकैको एक घरमा लुकाए । 

तर राहिमीलाई के भयो भनी कसैले पनि थाहा पाएको छैन । 

उनकी पत्नी अजिला उनको खबर थाहा पाउन व्यग्र प्रतीक्षा गरिरहेकी छन् । 

‘ऊ सुरक्षित छ भनी मात्र म जान्न चाहन्छु र उसले फोन गर्ला भन्ने म प्रार्थना र आशा गरिरहेको छु,’ उनले भनिन् । 

‘राहिमीसँग मोबाइल फोन थियो त्यसैले म उनी तत्कालै सम्पर्कमा आउँछन् भन्नेमा ढुक्क छु । तर उनलाई के भएको हो भन्ने कुरा मलाई थाहा छैन ।’

रहिमी आफ्ना छोरासँग दिउँसो १ बजेतिर गएको उनले बताइन् । 

तर उनले गोलीकाण्डको खबर सुनेपछि उनीहरूको सुरक्षाका विषयमा चिन्ता लिइन् । 

उनकी एक साथीले छोरो सुरक्षित छ भनेर फोन गरिन् तर रहिमी चाहिँ गोली चलेको बेलामा मस्जिदभित्र रहेको विश्वास गरिएको छ । 

रहिमी मलेसियाको पेनाङबाट आएको अजिलाले बताइन् । उनको परिवार क्राइस्टचर्चमा विगत पाँच वर्षदेखि बसिरहेको छ । 

के गर्ने हो भनी आफू रनभुल्ल परेको अजिलाले बताइन् । 

‘हामीलाई भित्रै बस्न भनिएको छ । म कसलाई फोन गरूँ वा के गरूँ केही थाहा छैन,’ उनले भनिन्, ‘उनी ठीक छन् भनी मैले सुन्न पाउने वा उनले नै मलाई फोन गर्ने प्रतीक्षा गरिरहेकी छु,’ उनले भनिन् ।

न्युजील्यान्ड हेराल्डबाट
 

salt training

कमेन्ट गर्नुहोस्