
काठमाडौं – क्राइस्टचर्चमा भएको भयानक गोलीकाण्डलाई बन्दूकधारीले १७ मिनेटसम्म लाइभस्ट्रीम गरेको पाइएको छ ।
अस्ट्रेलिया प्रहरीले गोली चलाउने व्यक्ति ब्रेन्टन टारान्ट भनी पहिचान गरेको छ । उनी अस्ट्रेलियामा जन्मेका २८ वर्षीय गोरा मानिस हुन् । उनको ट्विटर अकाउन्ट ब्लक गरिएको छ ।
बन्दूकधारीले एक अन्लाइन लिंक दिएर आफ्नो लामो मेनिफेस्टो दिएका छन् ।
प्रहरी कमिस्नर माइक बुशले गोलीकाण्डको फूटेज सामाजिक सञ्जालमा राखिएको विषयमा आफूलाई जानकारी आएको र त्यसलाई हटाउन सबै काम गरिरहेको बताए ।
‘यस्ता कुरा सार्वजनिक स्थानमा राखिन योग्य छैनन् ।’
फेसबूकका अस्ट्रेलिया र न्युजील्यान्ड नीति निर्देशक मिया गार्लिकले क्राइस्टचर्च गोलीकाण्डका भिडियो हटाइएको बताएकी छन् ।
यो भिडियो फूटेज चलाउन खोज्ने वेबसाइट बन्द गर्न काम भइरहेको स्पार्कका व्यवस्थापकीय निर्देशक सिमोन मोउट्टरले बताए ।
भिडियो हेल्मेटमा राखिएको क्यमराबाट खिचिएको हो । त्यसमा बन्दूकधारी मस्जिदको अगाडिको ढोकामा पसेर गोली चलाएको देखिन्छ । उनी मस्जिदभित्र तीन मिनेट रहेको अनि थप गोलीगट्ठा लिनका लागि गाडीमा फर्किएको र
पछि फेरि मस्जिद पसेर फेरि गोली चलाएको देखिन्छ ।
कुल १७ मिनेटको भिडियोको अन्त्यमा बन्दूकधारी तीव्र गतिमा गाडीमा हुँइकिइएको देखिन्छ ।
न्युजील्यान्ड हेराल्डबाट