०२ असार २०८३, मंगलबार

गण्डकी मेडिकल कलेजका विद्यार्थी मृत भेटिए

चैत २, २०७५
गण्डकी मेडिकल कलेजका विद्यार्थी मृत भेटिए

पोखरा- गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी मृत फेला परेका छन् ।

म्याग्दीको बेनी वडा नंं ८ घर भई जीएमसीमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत २४ वर्षीय शिशिर केसी शनिवार बिहान फेवातालमा मृत भेटिएका हुन् ।

केसी पहिलेदेखि नै मानसिक रोगी रहेका र औषधि सेवन गर्दै आइरहेको साथिलाई उदृत गदै प्रहरीले जनाएको छ। केसीले 'मलाई खोज्न परे फेवातालको प्याराग्लाईडिङ गर्ने ठाउँमा आउनु’ भनेर साथीलाई एसएमएस गर्दै फेवातालमा हाम फालेका थिए । उनी आफैंले मोटरसाइकल चलाएर प्याराग्लाइडिङ ल्याण्डिङ हुने सेदीस्थित फेवाताल किनारामा पुगेर तालमा हाम फालेको प्रहरीले जनाएको छ ।

पोखरा १८ सेदीस्थित फेवा किनारमा शिशिरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी रविन्द्रमान गुरुङले बताए । 

शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्