०८ असार २०८३, सोमबार

कांग्रेस प्रवेश गरेको ३ दिनमै नेता चौरसियाको हत्या

कांग्रेस प्रवेश गरेको ३ दिनमै नेता चौरसियाको हत्या

भारत– इन्डियन काँग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एक जना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् । 

बहुजन समाजवादी पार्टी (बीएसपी)का पूर्वनेता देवेन्द्र चौरसियाको हत्या भएको हो भने उनका छोरा सोमेश घाइते भएका हुन् । 

मध्य प्रदेशको दामोही नजिकै अज्ञात व्यक्तिहरूको आक्रमणमा परी उनी शुक्रवार मारिएको अधिकारीहरूले जनाएका छन् । 

घटनामा संलग्न भएको आशंकामा मध्यप्रदेश प्रहरीले सात जनाविरुद्ध मुद्धा दर्ता गरेको छ । 

मुद्दा दर्ता गरिएकामध्ये एक जना बीएसपीका तर्फबाट विधान सभा सदस्य रहेकी राम बाइका श्रीमान् गोविन्द सिंह पनि रहेका छन् । 

Photo : Oneindia Hindi

salt training

कमेन्ट गर्नुहोस्