०७ असार २०८३, आइतबार

मोजाम्बिकमा चक्रवातका कारण ५० किलोमिटर जमीन डुबान

मोजाम्बिकमा चक्रवातका कारण ५० किलोमिटर जमीन डुबान

काठमाडौं – मोजाम्बिकमा चक्रवातका कारण ५० किलोमिटर जमीन डुबानमा परेको हवाई सर्वेले देखाएको सेभ द चिल्ड्रेनले जनाएको छ ।

बुजी नदीले किनार भत्काएपछि बाढी आएको उसले थपेको छ । 

राष्ट्रपति फिलिपे न्युसेले इडाइ चक्रवातका कारण कम्तीमा एक हजार मानिस मारिएको हुनसक्ने बताएका छन् । उक्त चक्रवात बिहीवार तटवर्ती बीरा शहरमा पसेको थियो अनि १७७ किलोमिटर प्रतिघन्टाको दरमा हावा चलेको थिए । 

चक्रवातका कारण छिमेकी मुलुक जिम्बाब्वे र मलावीमा पनि असर परेको छ । 

मोजाम्बिक सरकारले ६ लाख मानिसलाई असर परेको र एक लाखलाई त तत्कालै बीरानजिकबाट उद्धार गर्नपर्ने बताएको छ । 

जिम्बाब्वेमा ९८ मानिस मारिएको र २०० भन्दा बढी हराइरहेको सरकारले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले यो आँधी दक्षिणी गोलार्धमा आएको सबभन्दा खराब प्राकृतिक प्रकोप हुनसक्ने जनाएको छ । 

६ मिटर गहिरो बाढीले विशाल क्षेत्रमा अविश्वसनीय क्षति पु–याएको विश्व खाद्य कार्यक्रमका क्षेत्रीय प्रमुख लोला कास्ट्रोले बताए । 

मोजाम्बिकमा कम्तीमा १७ लाख मानिस चक्रवातको बाटैमा परेको र मलावीमा नौ लाख २० हजार मानिसलाई असर परेको राष्ट्रसंघले जनाएको छ ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्