
पोखरा- तनहुँको शुक्लागण्डकी दुलेगौंडा- २ हलेदीमा भएको दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।
मंगलवार राति बा ४ ख ७१० नम्बरको ट्रकले ना ४६ प ५५१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार अर्घाखाँचीका नन्द कुमार श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडकमा रहेको खाल्डो छल्ने क्रममा ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारको लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतरामा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
ट्रकको पछाडिको टायरले मोटरसाइकललाई ठक्कर दिएपछि सो घटना भएको प्रहरीले जानकारी दिएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।