०५ असार २०८३, शुक्रबार

न्युजील्यान्डले अर्धस्वचालित हतियारमा प्रतिबन्ध लगाउने

न्युजील्यान्डले अर्धस्वचालित हतियारमा प्रतिबन्ध लगाउने

काठमाडौं – न्युजील्यान्डले क्राइस्टचर्च आक्रमणमा प्रयोग भएजस्तो सबै किसिमका अर्धस्वचालित हतियारमा प्रतिबन्ध लगाउने प्रधानमन्त्री जासिन्डा आर्डर्नले बताएकी छन् । 

अघिल्लो शुक्रवार दुई मस्जिदमा ५० जना मारिएपछि देशको बन्दूक कानूनमाथिको बहस चर्किरहेको छ । 

आर्डर्नले अप्रिल ११ सम्ममा नयाँ कानून जारी भइसक्ने अपेक्षा गरेको बताएकी छन् । 

आक्रमणमा मारिएका सबैजनाको सनाखत भइसकेको कमिस्नर माइक बुशले पुष्टि गरे । एक व्यक्तिलाई हत्यामा अभियुक्त बनाइएको छ । 

अस्ट्रेलियामा बस्ने स्वघोषित गोरा सर्वोच्चतावादी ब्रेन्टन ट्यारेन्टलाई थप अभियोजन गरिने अपेक्षा छ । 

उनले न्युजील्यान्डमा सन् २०१७ मा हतियारको अनुमतिपत्र पाएका थिए । 

‘मार्च १५ मा हाम्रो इतिहास सदाका लागि परिवर्तन भयो । अब हाम्रो कानून पनि परिवर्तन हुन्छ,’ प्रधानमन्त्रीले भनिन् । यी आक्रमणहरू आतंकवादी आक्रमण भएको उनको भनाइ छ । 

‘अब यो आक्रमणको ६ दिनपछि हामीहरू न्युजील्यान्डमा सबै किसिमका सैन्य शैलीका अर्धस्वचालित तथा असल्ट राइफलहरूमा प्रतिबन्धको घोषणा गर्दैछौं । बन्दूकहरूलाई यस्ता अर्धस्वचालित हतियार बनाउनका लागि प्रयोग गरिने पाटपुर्जा र उच्च क्षमताका म्यागजिनहरूमा पनि प्रतिबन्ध लगाइएको छ ।’

यस्ता हतियार बोक्ने व्यक्तिहरूलाई क्षतिपूर्ति दिइने तथा सरकारले खरिद गर्ने व्यवस्था पनि गरिएको उनले बताइन् । 

विपक्षी दल तथा प्रहरी प्रशासनले यो घोषणाको स्वागत गरेका छन् । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्