काठमाडौं – शक्ति बस्नेत केपी शर्मा ओली नेतृत्वको सरकारका प्रभावशाली मन्त्री हुन् । वन क्षेत्रबाट १ वर्षमा १ लाख रोजगारी सिर्जना गर्ने महत्त्वाकांक्षी घोषणाका कारण बस्नेत चर्चामा छन् ।
राजधानी काठमाडौं उपत्यकाको प्रदूषण नियन्त्रणका लागि भन्दै मन्त्री बस्नेत आफैंले सडकमा गएर सवारीसाधनको प्रदूषण जाँच गरेका थिए ।
सरकारका मन्त्रीको हेरफेर हुने हल्ला, सरकारको १ वर्षे कामको समीक्षा लगायत विषयमा मन्त्री बस्नेतसँग ‘लोकान्तर शो’का लागि विमल गौतम र दिलनिशानी मगरले कुराकानी गरेका छन् ।
प्रधानमन्त्री ओलीसँग काम गर्न कत्तिको सझिलो छ ? राजधानीबासीको टाउको दुखाइको विषय बनेको काठमाडौंको धूलो नियन्त्रण कहिले हुन्छ ?
मन्त्री बस्नेतसँग गरिएको कुराकानी हेर्नुहोस् भिडियोमा :-