×

NMB BANK
NIC ASIA

भाजपाको उम्मेदवार सूचीले दियो पुस्तान्तरणको संकेत

चैत ११, २०७५

NTC
Premier Steels

काठमाडौं – भारतमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले सन् २०१९ को लोकसभा निर्वाचनका लागि ३०६ जना उम्मेदवारको सूची जारी गरेको छ । यो सूचीले भाजपामा पुस्तान्तरणको संकेत दिएको छ अनि बहालवाला सांसदहरूविरुद्ध मत खस्ने चिन्तालाई पनि यसले उजागर गरेको छ । 

Muktinath Bank

बहालवालामध्ये ५० जना लोकसभा उम्मेदवारलाई टिकट दिइएको छैन । वरिष्ठ नेताहरू लालकृष्ण आडवाणी, कलराज मिश्रा, शान्त कुमार, बीसी खण्डुरी र भगत सिंह कोशियारीलाई भाजपाको केन्द्रीय नेतृत्वले प्रत्यक्ष निर्वाचन लड्न टिकट दिएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सन् २०१४ को चुनाव जितेपछि मोदीले ७५ वर्षभन्दा माथिका नेतालाई मन्त्री नबनाएबाटै परिवर्तनको यो शृंखला शुरू भएको हो । उनीहरूलाई टिकट नदिएर पार्टीले अब पुस्तान्तरण प्रक्रिया अर्को स्तरमा पुगेको संकेत दिएको छ । 


Advertisment
Nabil box
Kumari

टिकट नपाएका अधिकांश वरिष्ठ नेताहरू विगत पाँच वर्षमा भाजपाको निर्णायक प्रक्रियामा सहभागी गराइएका थिएनन् । उनीहरूले पार्टीको निर्णयलाई चुनौती दिने गरी अनुयायीको समर्थन समेत पाएका छैनन् । 

Vianet communication

पार्टीबाट सेवानिवृत्त गराइँदा कलराज मिश्रा र करिया मुण्डा जस्ता केही नेताले त्यसलाई सकारात्मक रूपमा लिएर सार्वजनिक स्तरमै पार्टीको निर्णय स्वीकार गर्ने बताए । एकानब्बे वर्षीय लालकृष्ण आडवाणीको गान्धीनगर सीट अमित शाहलाई दिइएको छ र आडवाणीले ७५ वर्षको हदका विषयमा केही बोलेका छैनन् । 

‘निर्वाचनपछि यी नेताहरूको भविष्यका विषयमा पार्टीले छलफल गर्नेछ,’ पार्टीको आन्तरिक परामर्शमा सहभागी एक नेताले नाम नछाप्ने शर्तमा भने । 

उता नाम बताउन नचाहने पार्टीका एक महासचिवले उत्तर प्रदेशमा विजय हासिल गर्न सक्ने उम्मेदवार उठाउन गाह्रो भएको किनकि उक्त राज्यमा जातीय समीकरणका कारण समाजवादी पार्टी र बहुजन समाज पार्टीबीचको गठबन्धनले गम्भीर चुनौती दिएको बताए । 

उत्तर प्रदेशमा घोषणा गरिएका ३१ उम्मेदवारमध्ये भाजपाले ६ जना बहालवाला सांसदलाई टिकट दिएको छैन र कैरानामा सन् २०१८ मा भएको उपनिर्वाचनमा हारेका उम्मेदवारलाई पनि टिकट दिएको छैन । 

अघिल्लो आमनिर्वाचनमा भाजपाले उत्तर प्रदेशमा ७८ मध्ये ७१ सीटमा प्रतिस्पर्धा गरेको थियो तर गत वर्ष उसले तीनवटा उपनिर्वाचनमा पराजय बेहोरेको थियो । बसपा र सपाबीच गठबन्धन बनेपछि भाजपाले बहालवाला सांसदविरुद्धको लहरले पुर्‍याउन सक्ने क्षति न्यूनीकरण गर्न चाहेको छ । 

‘उम्मेदवार छनोटमा निकै धेरै अनुसन्धान गरिएको छ,’ माथि उद्धृत गरिएका भाजपा महासचिवले बताए, ‘पूर्ण सूची सार्वजनिक भएपछि बहालवाला सांसदमध्ये एकतिहाइले टिकट नपाउने सम्भावना रहन्छ ।’ 

पार्टीले छत्तीसगढमा सबै १० सांसदलाई टिकट दिएको छैन र मध्य प्रदेशमा अहिलेसम्म घोषणा गरिएका १५ मध्ये पाँचजना बहालवाला सांसदलाई सूचीबाट हटाएको छ । भाजपाले डिसेम्बरमा सम्पन्न विधानसभा निर्वाचनमा यी दुवै राज्यमा पराजय बेहोरेको थियो । 

बिहारका १७ सीटमध्ये भाजपाले १३ जना सांसदलाई फेरि उम्मेदवार बनाएको छ अनि तीनजनालाई हटाएको छ । अघिल्लो निर्वाचनमा आफूले जितेका पाँच सीट उसले नीतीश कुमारको जनता दल (युनाइटेड) लाई सुम्पेको छ । बिहारका एक मन्त्रीले गठबन्धन साझेदारलाई समेट्नका लागि भाजपा सीट दिन खुला रहेको यसबाट स्पष्ट भएको बताएका छन् । 

राजनीतिक विश्लेषक सिद्धार्थ मिश्राले भाजपाको सूचीबाट युद्ध योजना देखिएको बताएका छन् । ‘युद्ध योजनाले नयाँ अनुहार भित्र्याउने लगायत केही ठूला लक्ष्य लिएको छ । विपक्षीहरू एकजुट भएका केही राज्यमा युद्ध योजना बनेको छ । युद्ध योजनाले केही उम्मेदवार परिवर्तन गर्न लगायो,’ सेन्टर फर रिफर्म्स, डिभेलोपमेन्ट यान्ड जस्टिसका अध्यक्ष मिश्राले बताए । 

कांग्रेस प्रवक्ता प्रणव झाले भाजपामाथि प्रहार गर्दै पार्टीले आफ्ना स्थापकहरूमाथि दुर्व्यवहार गरेको आरोप लगाए । ‘भाजपाका वृद्ध तथा वरिष्ठ नेताहरूलाई पार्टीले गरेको व्यवहार दुर्भाग्यपूर्ण छ । आडवाणीजी, मुरली मनोहर जोशीजी, उमा भारतीजी वा कलराज मिश्राजीलाई ठाँडो जस्तो व्यवहार गरिँदा हाम्रो मुटु दुखेको छ । ज्येष्ठ नागरिकलाई कसरी व्यवहार गरिन्छ भन्ने कुराले एक समाजलाई चिनाउँछ । अहिले गरिएको व्यवहारको दुष्परिणाम पछि गएर भोग्नुपर्नेछ,’ उनले भने ।

हिन्दुस्तान टाइम्समा प्रकाशित कुमार उत्तमको विश्लेषण
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x