×

NIC ASIA

ब्रुनाईमा विवाहेतर र समलैंगिक सम्बन्धमा मृत्युदण्ड दिइने

चैत १५, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – ब्रुनाईमा अर्को हप्तादेखि विवाहेतर र समलैंगिक सम्बन्ध अपराध ठहर हुने र अपराधीलाई ढुंगाले हानेर मार्ने कठोर शरिया कानून लागू हुने भएको छ । उक्त कानूनको भारी आलोचना भएपछि त्यसलाई चार वर्षसम्म विचाराधीन अवस्थामा राखिएको थियो । 

Muktinath Bank

बुधवार उक्त कानूनको घोषणा गरिएपछि अधिकारवादी समूहहरू स्तब्ध भएका छन् । स्रोतसाधनमा धनी ब्रुनाईले छिमेकी मलेसिया र इन्डोनेसियामा भन्दा बढी कठोर किसिमको इस्लाम अनुसरण गर्ने गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुल्तानको राज रहेको ब्रुनाईले यो फौजदारी संहिता अर्को बुधवारदेखि लागू गर्ने भएको छ । ब्रुनाईमा चोरीको अपराधमा हात र गोडा काट्ने सजायको व्यवस्था छ । 


Advertisment
Nabil box
Kumari

हुन त समलैंगिकता ब्रुनाईमा अवैध छ तर अब यो मृत्युदण्ड पाइने कसूर बनेको छ । यो कानून मुसलमानमाथि मात्र लागू हुन्छ । 

Vianet communication

चोरीको अपराधमा पहिलोपटकको कसूरमा दायाँ हात काट्ने र दोस्रोपटकको कसूरमा देब्रे गोडा काट्ने सजाय छ । 

एम्नेस्टी इन्टरनेसनलले ब्रुनाईलाई यी नयाँ दण्डको व्यवस्था तत्कालै रोक्न आग्रह गरेको छ । 

एजेन्सी
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x