०३ असार २०८३, बुधबार

मोदी आफ्ना नागरिकसँग निकट नबनेको प्रियंकाको आरोप

चैत १५, २०७५
मोदी आफ्ना नागरिकसँग निकट नबनेको प्रियंकाको आरोप

अयोध्या– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरका मान्छेलाई अँगालो हाल्दै हिँडेपनि आफ्नैलाई नजिक राख्न नसकेको भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियंका गान्धी भद्राले आरोप लगाउनुभएको छ । 

प्रधानमन्त्री मोदीले भारतीय नागरिकहरुको मन जित्न नसकेको आरोप उहाँले शुक्रबार लगाउनु भएको हो । 
“प्रधानमन्त्री मोदीले अमेरिका, जापान, चीन लगायतका कैयौ देशका मानिससँग अँगालो मार्नुभएको छ, तर उहाँले आफ्नै देशका मानिससँग अँगालो मार्नु भएको छैन,” अयोध्यामा आयोजित चुनावी सभामा प्रियंकाले भन्नुभयो । 

उहाँले प्रधानमन्त्री मोदी ‘आफ्नै निर्वाचन क्षेत्र वाराणासीमा नगएको भन्ने गुनासो’ सुन्दा आफुलाई आश्चर्य लागेको पनि बताउनुभयो । 

“प्रधानमन्त्री आफ्नो निर्वाचन क्षेत्रका गाउँहरुमा आएको वा नआएको बारेमा बाराणासीमा मैले स्थानीय जनतालाई सोधेको थिए, मैले उहाँ नआएको जवाफ पाँए,” उहाँले भन्नुभयो । 

महासचिव गान्धीले आफ्नो निर्वाचन क्षेत्रलाई प्रधानमन्त्रीले वेवास्ता गरेको आरोप लगाउदै आफ्नो निर्वाचन क्षेत्रमा केही गर्नैपर्ने भएपनि नगरेको टिप्पणी गर्नुभयो । 

उहाँले भारतीय जनता पार्टी ९भाजपा० धनी मानिसको मात्रै “चौकिदार” बनेको तर गरिबको “चौकिदार” नभएको आरोप लगाउनुभयो । 

मोदी नेतृत्वको सरकार “किसानको विरुद्धमा, जनताको विरुद्धमा” रहेको र धनीलाई झन धनी बनाउन केन्द्रीत भएको काँग्रेस महासचिव गान्धीको भनाई छ । 

भारतमा लोकसभा निर्वाचनका लागि मतदान गर्ने दिन नजिकिदै गर्दा प्रतिश्पर्धी दलहरुले एक अर्कालाई अनेक आरोप प्रत्यारोप गर्ने क्रम बढ्दै गएको छ । 

आउदो अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा हुन लागेको निर्वाचनमा मुख्य गरेर सत्तारुढ दल भाजपा र प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसका बीचमा कडा प्रतिश्पर्धा हुने देखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्