०७ असार २०८३, आइतबार

एसईईको गोपनीयतामा चुकेका शिक्षामन्त्रीले तत्कालै राजीनामा दिनुपर्छ : कोइराला

एसईईको गोपनीयतामा चुकेका शिक्षामन्त्रीले तत्कालै राजीनामा दिनुपर्छ : कोइराला

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एसईई परीक्षाको गोपनीयतामा चुकेका शिक्षामन्त्रीले तत्कालै राजीनामा दिनुपर्ने बताएका छन् ।

शुक्रवार साँझ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले २ नम्बर प्रदेशमा बाँकी सबै परीक्षा स्थगित भएको सार्वजनिक गरेपछि शनिवार प्रेस विज्ञप्ति जारी गर्दै कोइरालाले परीक्षाको मर्यादा र गोपनीयतामा सरकार चुकेको बताए ।

‘राज्यको लापरवाही र गैरजिम्मेवारीका कारण प्रदेश नम्बर–२ को एसइई परीक्षा बीचैमा स्थगित हुन पुगेको छ । यसले हजारौं विद्यार्थीहरूको भविष्य अन्धकारतर्फ धकेलिएको छ,’ प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘परीक्षाको आफ्नै मर्यादा र गोपनियता हुन्छ । यस सवालमा संघीय सरकार चुकेको देखिन्छ । यो गम्भीर घटनाको नैतिक जिम्मेवारी लिँदै शिक्षामन्त्रीले तत्कालै राजीनामा दिनुपर्छ र आगामी दिनमा यस्ता घटना नदोहोरिने प्रतिवद्धता राज्यले जनाउनुपर्छ ।’

सरकारले परीक्षा स्थगित गरेपछि आक्रोशित विद्यार्थीले प्रदेशका विभिन्न ठाउँमा शनिवार बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्