×

NMB BANK
NIC ASIA

अग्रलेख

तराईमा आँधी आए ...

चैत २०, २०७५

NTC
Premier Steels

बारा र पर्साका केही गाउँमा आइतवार आएको भीषण आँधीको क्रममा भएको जनधनको क्षतिले सिङ्गै देशलाई प्रभावित पारेको छ । पहाड तराई सबैतिरका नेपाली विषादमा परेका छन् र प्रत्यक्ष रूपमा प्रभावित बासिन्दालाई के कसरी सहयोग गर्न सकिन्छ भनेर उपयुक्त तरीका हेर्दैछन् । जिल्ला प्रशासनहरूले उपलब्ध गराउने तात्कालिक सहयोगको अतिरिक्त काठमाडौंबाट केन्द्रले गर्न सक्ने उद्धार एवं राहत कार्यबारे सरकारले आश्वासन दिँदै गरेको अवस्था छ । भनौं,सत्ताधारी दलका नेताहरूको भाषण यस्तो आश्वासनका सङ्केत हुन् ।

Muktinath Bank

प्राकृतिक प्रकोप र अन्य विपत्ति आइपर्दा त्यसमा कृयाशील हुन तोकिएका सरकारी निकायहरू वर्षौदेखि सञ्चालनमा छन् : गृह मन्त्रालय र त्यस मातहतका प्रहरी, सशस्त्र प्रहरी, जिल्ला कार्यालयहरू । नेपाली सेनाको बेग्लै एकाई र प्रभावकारी संयन्त्र छ । यस्ता घटना हुँदा पीडित, प्रभावितलाई नगद सहायता प्रदान गर्न सरकारी बजेट शीर्षक छुट्याएकै हुन्छ; आवश्यक परे अर्थ मन्त्रालयले थप निकासा पनि दिन सक्छ । अर्को शब्दमा, सरकारसित साधन स्रोतको कमी छैन । त्यसैले चन्दा, सहायताका माग,आह्वानहरूको जरुरत पर्दैन । स्वस्फूर्त ढङ्गले सक्षम नेपालीले विपद्‌मा परेका नेपालीले सहायता रकम जुटाउनु बेग्लै कुरो हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर पटक-पटकको अनुभवले सिद्ध गरेको निचोड हो, नेपालमा यस्तो बेलामा समन्वय मिलाई काम गर्ने हुति सरकारी संयन्त्रको हुने गर्दैन । शासक, प्रशासकहरू हवाई निरीक्षणबाट दायित्व पूरा गरेको ठान्छन् भने एकथरी गैरसरकारी संस्थाका मानिसहरू प्रचारमुखी सहायता कार्यक्रममा पुग्छन् । केही बोरा चामलको साथ इसाई (खृष्टान) धर्मप्रचारकले बाइबलका पुस्तक बाँड्ने काम एकसाथ गरेका घटना यस पटक पनि प्रेसमा आइसकेको छ ।  अनि दाता कहलिन रुचाउनेहरूमध्ये धेरैजसो सुगममा केन्द्रित हुन्छन्, तर अधिकांश पीडित दुर्गम इलाकामा बेवारिसे भएर बसेका हुन्छन् । बाढी, भूकम्प, आगलागी, शीतलहरका सन्दर्भमा हामीले देखे-भोगेकै प्रवृत्ति हुन् ।


Advertisment
Nabil box
Kumari

समन्वय र व्यवस्थापनमा देखिने टडकारा कमीहरूलाई उद्धार कार्यमा खटिने कर्मचारीहरूको लोभी-पापी मनोवृत्तिले जटिलता थप्ने गर्दछ । नियमित तलबको अतिरिक्त पाइने भत्ता-सुविधाले समेत तिनको लालचीपन घटेको हुँदैन। खर्च बढी देखाउन बील-भर्पाई मिलाउने प्रवृत्तिले यस्तै विकृतिलाई प्रमाणित गर्छ । तर यसतर्फ सरोकारवालाको चासो र चिन्ता नगण्य रहने गरेको छ ।

Vianet communication

आशा गरौं, निराशाजनक हाम्रो यो निष्कर्ष यस पटक गलत प्रमाणित होओस् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८०

लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x