बारा -आइतवार साँझको हावाहुरीले उजाड बनाएका बारा र पर्साका विभिन्न बस्तीहरूमा अझै जनजीवन सामान्य बन्न सकेको छैन ।
अधिकांश पीडित खुल्ला आकाशमुनि नै छन् । राहत सामग्री त पुगेको छ, तर त्यसको वितरणमा समन्वयको अभाव टड्कारो रूपमा देखिएको छ ।
लोकान्तर डटकमले घटनाको तेस्रो दिन मंगलवार घटनास्थलमा पुगेर स्थलगत रिपोर्टिङ गरेको थियो ।
हेर्नुहोस्, भिडियो रिपोर्ट :