कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बैशाख २, २०७६
काठमाडौं – पोखराको ताण्डबन्यूज डटकमका सम्पादक अर्जुन गिरीलाई प्रहरीले विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा पक्राउ गरेपछि प्रेस स्वतन्त्रतामाथि प्रहरी हस्तक्षेप भएको भन्दै विरोध भइरहेको छ ।
नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति नै जारी गरेर प्रहरीले पत्रकार पक्राउ गरेको घटनाको विरोध गरिसकेको छ । तर पत्रकार गिरी सञ्चारमाध्यमको नियामक निकाय प्रेस काउन्सिल नेपालका कर्मचारीको त्रुटिका कारण प्रहरी हिरासतमा परेको देखिएको छ ।
प्रहरीले प्रेस काउन्सिलमा सूचीकृत नभएका अनलाइनमाथि मात्रै विद्युतीय अपराध मुद्दामा कारवाही अगाडि बढाउने गरेको छ । तर काउन्सिलमा सूचीकृत हुँदाहुँदै पनि ताण्डबन्यूजका सम्पादक गिरीमाथि किन कारवाही प्रक्रिया अगाडि बढाइयो त ?
प्रेस काउन्सिलका कर्मचारीको त्रुटिले ताण्डबन्यूज सूचीकृत नभएको जानकारी प्रहरीसम्म पुगेपछि प्रहरीले गिरीलाई पक्राउ गरेर कारवाही अगाडि बढाएको हो । प्रेस काउन्सिलका अनुगमन अधिकृत सुरेन्द्र मल्लद्वारा हस्ताक्षरित पत्रमा ‘काउन्सिलमा सूचीकृतका लागि आवेदन दर्ता नभएको’ व्यहोरा लेखिएको छ । तर प्रेस काउन्सिलको वेबसाइटमा राखिएको विवरणमा अर्जुन गिरी सम्पादक रहेको ताण्डबन्यूज सूचीकृत छ ।
प्रेस काउन्सिलले गरेको पत्राचार :-
प्रेस काउन्सिलका कर्मचारीले अनलाइनको अभिलेख राख्दा ‘स्पेलिङ’मा त्रुटि गरेकाले गलत पत्राचार हुन गएको देखिएको छ । अभिलेखमा tandavnews हुनुपर्नेमा tandannews सूचीकृत गरिएको रहेछ । v हुनुपर्नेमा n भएकाले गलत पत्राचार भएको छ ।
यस्तो छ प्रेस काउन्सिलको अभिलेखमा :-
अभिलेखमा भएको त्रुटिका कारण गलत पत्राचार भएको काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले बताए । ‘त्यो अनलाइन सूचीकृत छ, हामीले प्रहरीलाई पत्र लेखेर उहाँलाई छाड्न भनिसकेका छौं । समाचारको विषय हाम्रो क्षेत्राधिकार हो,’ उनले भने, ‘आवश्यक प्रशासनिक प्रक्रिया मिलाएर उहाँ छुट्नुहुन्छ ।’
प्रेस काउन्सिलको अभिलेखमा त्रुटि नभएको भए वा अनलाइन सूचीकृत नभएको पत्राचार नभएको भए पत्रकार अर्जुन गिरी पक्राउ नै पर्ने थिएनन् । प्रेस काउन्सिलको अभिलेखमा एउटा ‘स्पेलिङ’ त्रुटि हुँदा पत्रकार गिरी प्रहरी हिरासतमा पुगेका छन् ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...