काठमाडौं, ७ चैत– लोकप्रीय गायक पुरुषोत्तम पौडेलले नयाँ गीत ‘कान्छी माया’ सार्वजनिक गरेका छन् ।
पौडेलले युट्युवमार्फत आफ्नो म्युजिक भिडियो हालै सार्वजनिक गरेका हुन् । लोकप्रीय गीतकार एकनारायण भण्डारीको शब्द र लयमा रहेको उक्त गीत पुरुषोत्तम पौडेल र टीका पुनले संयुक्त रुपमा गाएका हुन् ।
उमंग म्युजिक प्रा.लिले बजारमा ल्याएको उक्त गीतलाई बिनोद बाजुरालीले एरेन्ज गरेका हुन् । म्युजिक भिडियोका लागि प्रकाश भट्टले निर्देशन गरेका छन् भने चर्चित मोडल शंकर बिसी र पार्वती राईले अभिनय गरेका छन् ।