२६ असार २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता

जेठ १७, २०७६
प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता

नयाँ दिल्ली– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । मोदीको शपथ ग्रहण समारोहमा सहभागि हुन बिहीवार नयाँ दिल्ली आएका ओलीले शुक्रवार बिहान भेटवार्ता गरेका हुन् । 

ओली र मोदीबीच द्पिक्षीय हितका विषयमा कुराकानी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको अधिकारीहरुले बताएका छन् ।

दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएकोमा मोदीलाई बधाइ दिँदै ओलीले सहकार्यका लागि तयार रहेको बताएका थिए । ओलीले भारत भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनमा जोड समेत दिएका थिए । 

शपथ ग्रहण समारोहपछि मोदीलाई बधाई दिने क्रममा संक्षिप्त भेटवार्ता भएको थियो । ओली शुक्रवार नै काठमाडौं फर्किने कार्यक्रम रहेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्