पुस ५, २०८०
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
काठमाडौं – चालू आर्थिक वर्षको अन्तिम महिना असार शुरू भएसँगै सरकारले बजेट खर्च तीब्र भएको छ ।
महालेखा परीक्षकको कार्यालयको ५६ औं प्रतिवेदनले आर्थिक वर्षको अन्त्यमा बजेट खर्च हुने प्रवृत्ति राम्रो नभएको औंल्याएपनि आवको अन्त्यमा हुने बजेट खर्चको गति भने रोकिएको छैन ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार पछिल्लो १ हप्तामै ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ खर्च भएको छ । गत २५ जेठसम्म ७ खर्ब ८८ अर्ब ३४ करोड रुपैयाँ खर्चको भएको छ । जेठ २५ गते मात्रै ४० करोड ४० लाख रुपैयाँ खर्च भएको छ ।
जेठ २५ गतेयता असार १ गतेसम्म बजेट खर्च ८ खर्ब २९ अर्ब ४ करोड २७ लाख रुपैयाँ पुगेको छ । यो खर्च बजेटको करीब ४ प्रतिशत हो । महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म पूँजीगततर्फ १ खर्ब ५२ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ, चालूतर्फ ६ खर्ब १० अर्ब ५ करोड ९२ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ६६ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ खर्च भएको छ ।
१ दिनमै १५ अर्ब खर्च
महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ ३० गते १ दिनमा मात्रै १५ अर्ब रुपैयाँ खर्च भएको छ । गत बिहीवारका दिन मात्रै १५ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ खर्च गरिएको छ । त्यसमा पूँजीगततर्फ १ अर्ब ११ करोड ४४ लाख रुपैयाँ, चालूतर्फ ५ अर्ब २० करोड २४ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ९ अर्ब ३ करोड १५ लाख रुपैयाँ खर्च गरिएको छ ।
आइतवार मात्रै २ अर्ब ५९ करोड ३४ लाख रुपैयाँ खर्च गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । त्यसमा पूँजीगततर्फ ८८ करोड ५७ लाख रुपैयाँ, चालूतर्फ १ अर्ब २० करोड ७७ लाख र वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ खर्च गरिएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।
आर्थिक वर्षको अन्त्यमा हुने तीव्र खर्च र रकमान्तर गरिने प्रवृत्ति राम्रो नभएको महालेखा परीक्षकको कार्यालयले औल्याउँदै आएको छ । ५६ औं प्रतिवेदनमा पनि गत आर्थिक वर्ष २०७४/०७५ मा समेत अन्तिम महिनामा रकमान्तर गरेर समेत ठूलो मात्रामा खर्च गरिएको भन्दै महालेखा परीक्षकको कार्यालयले यस्तो प्रवृत्ति रोकिनुपर्ने उल्लेख गरेको छ ।
अर्थ मन्त्रालयले आर्थिक वर्षको अन्त्यमा हुने खर्चलाई नराम्रो भन्न नमिल्ने बताएको छ । मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले काम गर्नका लागि आर्थिक वर्षको शुरूमा कानूनी प्रक्रिया हुने भएकाले खर्च नहुने र कानूनी प्रक्रियापश्चात् काम भएपछि नै खर्च हुने बताए ।
‘शुरूमा कानूनी प्रक्रिया, डकुमेन्टेसनका कामहरू हुन्छन् । त्यतिबेला भुक्तानी हुने कुरा भएन,’ खत्रीले भने, ‘सबै प्रक्रिया पूरा गरेर काम भएपछि खर्च यहाँसम्म आइपुग्छ । यो स्वाभाविक हो ।’
रोकिएन रकमान्तर
महालेखा नियन्त्रक कार्यालयको ५६ औं प्रतिवेदनले आर्थिक वर्षको अन्त्यमा समेत रकमान्तर गरिएको र सो प्रवृत्ति नराम्रो भएको औल्याएपनि वैशाख र जेठमा समेत रकमान्तर गरिएको छ । मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले वैशाख र जेठमा पनि रकमान्तर गरिएको र त्यसको वास्तविक विवरण तयार भइरहेको बताए ।
अर्थ मन्त्रालयका अनुसार गत चैतमा मात्रै १० अर्ब ६६ करोड २ लाख ६६ हजार रुपैयाँ विभिन्न शीर्षकमा रकमान्तर गरिएको छ । गत फागुनमा मात्रै १८ अर्ब ७७ करोड रुपैयाँ विभिन्न शीर्षकमा रकमान्तर गरिएको अर्थ मन्त्रालयको तथ्यांक छ ।
मन्त्रालयका प्रवक्ता खत्रीले कानूनी प्रक्रिया पूरा नभएर काम नभएका शीर्षकबाट आवश्यक परेको शीर्षकमा खर्च गरिने भएकाले त्यसलाई अन्यथा रुपमा लिन नहुने बताए । ठेकेदारका कारण पनि काम नभएर खर्च नहुने अवस्था आएमा त्यस्तो रकम अन्य शीर्षकमा खर्च गरिने खत्रीले बताए ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...