काठमाडौं – धर्म, संस्कृति र परम्परा मास्न गुठी विधेयक ल्याइएको भन्दै गुठीसँग सरोकार राख्ने समूहले गरेको आन्दोलनपछि सरकारले राष्ट्रिय सभामा पेश गरेको उक्त विधेयक फिर्ता लिने निर्णय गर्यो ।
काठमाडौं उपत्यकाका गुठीयारहरूले विरोध गरेको गुठी विधेयकको समर्थनमा पनि नाराबाजी भयो ।
नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले संसद्मै गुठी विधेयकको पक्षमा बोलिन् । सडकमा आएर भाषण पनि गरिनन् ।
सोही कारण गुठी विधेयकको विरोधमा भएका प्रदर्शनमा शान्ता विरुद्ध समेत नारा लाग्यो ।
धर्म, संस्कृति र संस्कार मास्न ल्याइएको गुठी विधेयकको समर्थन किन ? लोकान्तर शोका लागि सुशील पन्तले नेतृ चौधरीसँग कुरा गरेका छन् ।
तपाईंको पार्टी नेतृत्वको दुईतिहाइको बलियो सरकारले किन यस्तो अप्रिय निर्णय गरेको ? गुठी विधेयक फेरि कसरी आउँछ ? यी लगायत समसामयिक विषयमा गरिएको कुराकानी हेर्नुहोस्, भिडियोमा :