साउन २१, २०७६
काठमाडौं – सरकारले शिक्षाका लागि तुलनात्मक रूपमा बजेट बढाउँदै लगेपनि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइस्तर भने दिन प्रतिदिन खस्किँदै गएको छ । विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणअनुसार व...
काठमाडौं – बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले विद्यार्थी झै–झगडा र कुटपिटमा लागेकै कारण विद्यार्थी संघ–संगठन खारेज गरिदिएको छ ।
गत शुक्रवार एक सूचना जारी गर्दै कलेजले दर्ता भएका राजनीतिक पार्टी आवद्ध विद्यार्थी संघ–संगठन (नेविसंघ, अनेरास्ववियू) लगायत विद्यार्थी संगठन खारेज गरेको जनाएको हो ।
कलेज प्रमुख परमानन्द जोशीद्वारा हस्ताक्षरित सूचनामा एकआपसमा झैझगडा, कुटपिट, कलेजको शैक्षिक वातावरण अशान्त बनाउने, चरण–चरणमा आपसमा भिड्नेजस्ता क्रियाकलाप भएकाले स्वयं विद्यार्थी संगठनले नै आफ्नो खारेजीका लागि निवेदन दिएको उल्लेख छ ।
‘संगठनमा आवद्ध विद्यार्थीहरूले नै असुरक्षित महसूस गरी गत साउन १ गते आ–आफ्नो संगठनको लेटरहेडमा संघसंगठनहरू खारेजीको लागि निवेदन दिएकाले कलेज सञ्चालक समितिले सोही दिन निर्णय गरेर राजनीतिक पार्टीसँग आवद्ध संघ संगठन र स्ववियू कलेजबाट खारेज गरिएको जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।
अनेरास्ववियू बैतडी जिल्ला अध्यक्ष नरेन्द्र नाथले विद्यार्थीका विवाद समाधान गर्न कलेज असफल भएपछि संगठन खारेज गर्ने निर्णय गरिएको आरोप लगाए । ‘विद्यार्थीको राजनीति गर्न पाउने हकमाथि कलेज प्रशासनले बन्देज लगाउनु हुँदैन्थ्यो तर कलेज सञ्चालक समितिले विद्यार्थीको सामान्य विवादलाई देखाएर संगठन खारेज गर्यो,’ उनले भने ।
यस विषयमा प्रतिक्रिया लिन क्याम्पस प्रमुख परमानन्द जोशीलाई टेलिफोन गर्दा उनले फोन उठाएनन् ।
काठमाडौं – सरकारले शिक्षाका लागि तुलनात्मक रूपमा बजेट बढाउँदै लगेपनि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइस्तर भने दिन प्रतिदिन खस्किँदै गएको छ । विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षणअनुसार व...
बुटवल – बुटवलका जुम्ल्याहा दाजुभाइले फरर नेपाली बोल्ने रोबोट बनाएका छन् । गत वर्ष ‘गो–गो’ नाम दिइएको रोबोट बनाएका लब र कुश पन्थीले अहिले फेरि ‘मार्स रोबोट’ बनाएका हु...
सुर्खेत – तनहुँमा जन्मेर बर्दियामा हुर्केका एक व्यक्ति कर्णालीमा चर्चित छन् । उनलाई धेरैले प्रश्न सोध्ने गर्छन् – नारायण सिग्देल सर तपाई शिक्षक कि व्यवसायी ? उनको जवाफ हुन्छ – म व्यावसायिक शिक्षक ...
जनकपुरधाम – भविष्यकुमार झा जन्मदेखि नै पूर्णरुपले दृष्टिविहीन छन् । महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगागाउँका ३५ वर्षीय झा जिल्ला हुलाक कार्यालय धनुषामा कार्यरत छन् । शिक्षा संकायमा स्नातकोत्तर गरे...
काठमाडौं – काठमाडौंको संस्कृत माध्यमिक विद्यालयमा विद्यार्थी अनुपातभन्दा निकै बढी शिक्षक छन् । ५० जना विद्यार्थी बराबर १ जना शिक्षक अर्थात् विद्यार्थी–शिक्षक अनुपात ५०ः१ हुनुपर्नेमा उक्त माविमा सो अनु...
शिक्षा निरन्तर अनि असीमित आयाम र आयतनको हुन्छ भन्ने मान्यता विश्वभर स्थापित छ । प्राचीन पूर्वीय चिनियाँ दार्शनिक कन्फुजुले शिक्षालाई प्रमाणपत्र भन्दा पनि सद्गुण र सदाचारिता अनि शिष्टाचारिताको सम्मिश्रणात्मक प्रतिबिम्बनक...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...