![सुबिसुमा भीषण आगलागी : कसरी लाग्यो आगो, के भन्छन् स्थानीय ? [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Subisu_Aaglagi_Banner_NatzCw2JEQ.png)
काठमाडौं – केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको बालुवाटारस्थित कार्यालयमा बुधवार भीषण आगलागी भएको छ ।
मध्याह्न करीब साढे १२ बजेबाट लागेको आगो दिउँसो करीब २ बजे मात्र पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट ठूलो क्षति भएको अनुमन गरिएपनि यकिन विवरण भने आइसकेको छैन ।
काठमाडौं महानगरपालिका, त्रिभुवन विमानस्थल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाका दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
स्टोरेज गरेर राखिएको ठूलो परिमाणको पेट्रोलियम पदर्थका कारण आगो नियन्त्रमा लिन मुस्किल परेको थियो ।
स्थानीयका अनुसार दमकल पनि ढिला गरी पुग्दा थप क्षति भयो । त्यसमाथि पनि एउटा दमकल थोरै पानी मात्र बोकेर पुगेको थियो भने अर्कोको पाइप फुटेका कारण तत्काल आगो निभाउन कठिन भएको स्थानिय बताउँछन् ।
सुबिसु कार्यालयमा कसरी लाग्यो आयो ?, के–के देखे स्थानीयले ? कसरी नियन्त्रणमा लिइयो ?
हेर्नुहोस्, भिडियोमा: