१४ असार २०८३, आइतबार

भन दिलमा के छ ? (गजल)

भदौ २०, २०७६
भन दिलमा के छ ? (गजल)

दीर्घ चन्द

आज धेरै मस्केकि छ्यौ भन दिलमा के छ?

छिन छिनमा झस्केकि छ्यौ भन दिलमा के छ?

आँखा तिम्रा ढलपल ढलपल आवाज पनि भारी

पैले भन्दा खस्केकि छ्यौ भन दिलमा के छ?

छिनमै हाँस्छ्यौ छिनमै रुन्छ्यौ छिनमै कराउँछ्यौ नि

बोली वचन फुस्केकि छ्यौ भन दिलमा के छ?

वारी हुंदा पारी जान्छ्यौ लेक जांदा वेशी

लुसुक लुसुक लुस्केकि छ्यौ भन दिलमा के छ?

दुई हात जोडी विन्ती गरेँ ढक्क फुलेकि छ्यौ

कुन्नी किन ठुस्केकि छ्यौ भन दिलमा के छ?

salt training

कमेन्ट गर्नुहोस्