कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
असोज २३, २०७६
काठमाडौं- लगभग एक हप्ताको अन्तरालमा सरर काठमाडौं नियाल्ने हो तपाईंले अचम्मको परिवर्तन पाउनुहुन्छ । कारण- चिनियाँ राष्ट्रपति शी जिनफिङको नेपाल भ्रमण ।
चिनियाँ राष्ट्रपति शीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सफा र सुन्दर बनाउने कोशिश गरिएको छ । एयरपोर्टभित्रैबाट बाहिर निस्कने सडकका पोलहरूमा दुवै देशका राष्ट्रपतिको फोटो झुण्ड्याइएको छ ।
आउनुस् पहिला तिनकुने नियालौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब दुई किलोमिटरको दुरीमा छ तिनकुने ।
तिनकुनेका खाली स्थानमा फूलहरू धमाधम रोपिँदै छन् भने पुराना बोटविरुवाको गोडमेल पनि भइरहेका छन् ।
सिनामंगल हुँदै तिनकुनेबाट बानेश्वर आउने बाटोको एउटा कुनामा कालो बोर्ड ठड्याइँदै छ । ३-४ जना मजदुर दिउँसोको गर्मीमा उक्त बोर्ड फिट गरिरहेका छन् । चिनियाँ राष्ट्रपति सी को स्वागतका लागि त्यहाँ 'डिजिटल बोर्ड' बनाउन लागिएको त्यहीँ खटिरहेका एक मजदुरले बताए ।
अर्को अचम्मको कुरा के हो भने तिनकुनेको खाली मैदान अहिले बाहिरबाट देखिँदैन । मैदानको छेउमा कृतिम डाँडा सिर्जना गरिरहेको छ त्यो पनि रातारात । कृतिम डाँडोमा अलिकति पनि माटो देख्न मुश्किल छ । चारैतिर दुबोका चक्लाले ढाकिएको छ । अझ दुबोको बीचबीचमा विभिन्न प्रजातिका फूलहरू फुलेका छन् ।
डाँडाको टुप्पामा लस्करै धुपी र पामका विरुवाहरू रोपिएका छन् भने कतिपय त रुखकै रूपमा उभ्याइएका छन् ।
१२ : ४५ बजे सल्यानका तीन युवा एक हातले पसिना पुछ्दै अर्को हातले मुङ्ग्रोजस्तो देखिने औजारले माटोमा टाँसिएका दुबो हिर्काउँदै थिए ।
किन यस्तो गरेको ?
१७ वर्षीय छवि बोहराले भने, 'पानी हालेपछि मुङ्ग्रोले थिच्यो भने यो चाँडै सर्छ अनि चाँडै सेट हुन्छ ।'
शिवपुरी नर्सरीबाट खटाइएका उनलाई रातारात रोपिएका दुबो र बिरुवाहरू सरेर हरियाली छाउनेमा शंका छ । भन्छन्, 'दुबो र विरुवामा पानी पुगेकै छैन । बिहान बेलुका माथिमाथि पानी हालेर के हुन्छ र ? पानी र मल भएन भने यिनीहरू सर्दैनन् ।'
छवि बोहरा, कृष्ण कुँवर र बुद्धि विष्टलगायतले नै तिनकुनेमा दुबो टाँस्ने तथा बिरुवा रोप्ने काम गरेका रहेछन् ।
दशैंमा घर नगएको त ? तीनै जना एकै लयमा जवाफ फर्काउँछन्, 'दशैंमा गइएन । घरबाट त बोलाउनुभएको थियो । अब तिहारमा जाने । 'त्यस्तै तीनकुने आसपासमै एक टोली सडकका पेटी बढार्न व्यस्त देखिन्थे । सडकमा दशैंको टीका र जमरा लगाएर ओहरदोहर गरिरहँदा सडक बढारिरहेका टोलीका एक रणबहादुर थापालाई राम्रोसँग दशैं मनाउन नपाउँदा खिन्न लागेको रहेछ । भन्छन्, 'टिका लगाएर भ्याइएकै छैन । सरकारले सडक बढार्न बोलायो हजुर । आउन परिहाल्यो । चीनबाट ठूलो मान्छे आउने अरे !'
अब तिनकुने हुँदै बानेश्वरतर्फका सडकका कुरा गरौं । तिनकुने कट्नेबित्तिकैको पुलका रेलिङ रङ्ग्याइएको छ भने भित्तामा चिनियाँ राष्ट्रपतिको स्वागतका लागि तयार पारिएका बोर्ड अड्याइएको छ । तर ती सद्दे छैनन् । ठाउँठाउँमा च्यातिएका छन् । यद्यपि बोर्ड च्यात्नेलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
एयरपोर्टदेखि सोल्टी होटलसम्मका पोलहरूमा चिनियाँ राष्ट्रपति सी चिन पिङ र राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो झुण्ड्याइएको छ । केही पोलहरूमा राष्ट्रपतिहरूको फोटो टाँसिइसकिएको छ भने केहीमा धमाधम टाँस्ने काम भइरहेको छ । टेकुदेखि सोल्टीमोडका केही पोलहरूमा बिहीवार अपरान्हसम्म फोटो झुण्ड्याइएको छैन ।
चिनियाँ राष्ट्रपतिको स्वागतका लागि उनको सवारी रहने स्थानलाई आकर्षक देखाउने प्रयत्न भइरहेको छ । काठमाडौंका सडकहरू सफाचट् बनाउने कार्यअन्तर्गत बिहीवार महानगरपालिकाका ब्रूमरहरूले धुलो टिपिरहेका थिए । हालै कालोपत्रे गरिएका सडकमा जेब्राक्रसदेखि छेउछेउका लाइनहरूले अझ आकर्षक देखाउँछ ।
माइतीघर र सोल्टीमोडमा पनि डिजिटल बोर्ड जडान भइरहेको छ ।
सोल्टीमोडदेखि सोल्टी क्राउन प्लाजासम्मको सडक पनि सफा गरिएको छ भने भित्तामा रंग लगाइएको छ । सोल्टी क्राउन प्लाजा छिर्ने मुख्य गेटभन्दा लगभग ३० मिटर परको सडकले भने मुहार फेर्न सकेको छैन । उक्त सडक पुरानै अवस्थामा छ ।
चिनियाँ राष्ट्रपति सी जिन पिङ यही असोज २५ गते नेपाल भ्रमणमा आउँदैछन् ।
हेर्नुहोस् रंगिएको काठमाडौं :
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...