जेठ २, २०८१
सहकारीपीडितको अर्बौं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...
काठमाडौं – केही दिनपछि मनाइने छठसँगै यस वर्षका मुख्य चाडपर्वको बिदाइ गरिँदैछ । हुन त उभौली, ल्होसार जस्ता चाड पनि नेपाली मौलिक पर्व नै हुन् । परन्तु दशैं र तिहारजस्ता चाड नेपालीका साझा भइसकेका छन् ।
भदौं महिना सकिनासाथ नेपालीलाई ‘पर्व ऋतु’ले छुन्छ । जरुरी काम पनि दशैंतिहारपछि गरौंला भन्ने नेपालीको बानी नै भइसकेको हुन्छ । जेहोस् दुःख, पीडा बिर्सेर नेपालीले दशैंतिहार मनाएका छन् । काठमाडौं उपत्यकामा नयाँ वर्ष नेपाल संवत ११४० पनि शुरू भइसकेको छ ।
दशैंतिहारको बीचमा यसपटक केही महत्त्वपूर्ण राजनीतिक घटनाक्रम विकास भए । देशभर दशैंको अष्टमी मनाइरहेको समयमा बलात्कारको बात लागेका निवर्तमान सभामुख कृष्णबहादुर पक्राउ परे ।
आजपर्यन्त महरा पक्राउको विषयमा चर्चा परिचर्चा भइरहेको छ । तिहारको अवसरमा सिस्नुपानी नेपालले गाएको देउसीभैलौमा महराप्रति व्यंग्य मात्र गरिएन, अरु पनि भीआईपी महराहरू रहेको भन्दै व्यंग्यको वर्षा भयो –
तानिँदैछन् लहरा भत्किँदैछन् पहरा
भीआईपीमा को–को होलान् गुप्त महरा
विगत वर्षजस्तै आम जनतामा देखिएको निराशालाई सिस्नुपानीले उजागर गर्यो, राजनीतिक दलका नेता र देश चलाउने सबैलाई राखेर ।
सरकारको कामकारवाही, ढिलासुस्ती र बेथितिप्रति व्यंग्य गर्दा सरकारका मन्त्री र उच्च ओहोदाका व्यक्ति लाचार ढंगले ङिच्च हाँसे । यसपटक मात्र होइन, विगत वर्षमा पनि सिस्नुपानीले सरकारको कार्यशैली र नेतालाई यस्तै व्यंग्य गरेका थिए ।
परिवर्तन पक्षधरलाई पूर्वराजाको धम्की !
उमेरले ७२ काटिसकेका पूर्वराजा ज्ञानेन्द्र बेलाबखत विभिन्न अभिव्यक्ति दिएर चर्चामा आउने गर्छन् । मंगलवार बहिनी शोभा शाहीबाट भाइटीका ग्रहण गरिसकेपछि पूर्वराजा ज्ञानेन्द्रले परिवर्तनकारीलाई अप्ठ्यारो पर्ने संकेत गरे ।
राजतन्त्रका पक्षधर एउटा तप्का पूर्वराजाको सक्रियतालाई बडो उत्सुकतापूर्वक नियालिरहेको हुन्छ । उनीहरूलाई सान्त्वना दिनपनि पूर्वराजाले बेलाबखत देशको चिन्ता व्यक्त गरेका हुन्छन् ।
गर्न त सक्ने केही होइनन्, आफ्नै परिवार सम्हाल्न धौंधौं परिरहेको छ पूर्वराजालाई । छोरो पारस आवारा शैलीमा थाइल्याण्डकी एक विवादास्पद केटीलाई घुमाएर पितापूर्खाको बद्नाम गर्दै हिँडिरहेका छन् । ज्ञानेन्द्रले भने सकी–नसकी इज्जत थेगिरहेका छन् ।
टीकाको दिनमा कसैको खुट्टा नतान्ने र कुरा नकाट्ने भन्दै उनले धमुर भाषामा नेताहरूलाई धम्की दिँदै भने, ‘जुनसुकै परिवर्तन हुँदाखेरी दुईटा महत्त्वपूर्ण कुरा हुनुपर्छ । एउटा प्रगति र अर्को विकास । यी दुईटा कुरालाई मनन् गरेन र बुझेन भने परिवर्तनको माने हुँदैन, परिवर्तनकर्ताहरूलाई अप्ठ्यारो पर्न सक्छ ।’
उनले धन हुनेलाई मन पाइयोस् र मन हुनेलाई नेपालीपन पाइयोस् भनेर प्राथना गरेको स्मरण गरे । नेपालीपनको कुरा गरेर जनभावना जित्ने कोसिस गरे उनले । परिवर्तनकारीको चिन्ता गरेपनि ज्ञानेन्द्रको बोली समकालीन राजनीतिक दललाई चेतावनी पनि हो ।
आफ्नो कमजोरी लुकाउन दलका नेताहरू पूर्वराजालाई गाली गरेर आफूहरूलाई अब्बल देखाउन खोज्छन् । राजतन्त्रको भूतबारे सिस्नुपानी नेपालको देउसी गीत पनि सान्दर्भिक छ –
नागार्जुनमा मुसो कुद्दा सिंहदरबार थर्किन्छ
यस्तो कुरा सुन्दा हाम्लाई पानी सर्किन्छ
ढल्किन लागेको दुइतिहाइको जवानी !
आउँदो मंसिर २१ गते प्रतिनिधिसभा निर्वाचन भएको २ वर्ष पूरा हुँदैछ । सरकार गठन भएको २० महिना पूरा भएको छ तर आम जनताको भोगाइमा पूर्ववर्ती शेरबहादुर देउवा सरकार र अहिलेको दुईतिहाइको सरकारको केही भिन्नता छैन ।
सुशासनको भाषण गर्ने मन्त्रीको कर्मकाण्ड त लोकेन्द्रबहादुर चन्दको पालामा पनि चल्दै आएको थियो । साल बदलिएको छ, सिंहदरवारको हाल उस्तै छ । मन्त्रीहरूको काम झण्डा हल्लाउँदै सवारी जाम गराउनेबाहेक केही भएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली साघुरो घेराबाट माथि उठ्न सकेका छैनन् । अवस्था उस्तै छ भनेर मिडियाले लेख्दा उल्टै प्रश्न गर्छन्, ‘विकास नदेख्ने ? शी चिनफिङको स्वागतका लागि काठमाडौंमा गरिएको नक्कली विकासलाई नै मानक मान्ने हो भने त चमत्कार भइरहेको छ तर प्रधानमन्त्री हिँड्ने बाटोभन्दा पर हाल उस्तै छ । केन्द्र्रीय सरकारको राजधानी र राजधानी रहेको प्रदेशको राजधानी हेटौडा जोड्ने सडकको दूरावस्था हेर्यो भने विकास देखिन्छ । दशैंको पूर्वसन्ध्यामा काठमाडौंदेखि गल्छीसम्मको सडक हेर्यो भने विकास देखिन्छ । कोटेश्वरदेखि ठिमीसम्मको जाम हेर्यो भने विकास देखिन्छ । चक्रपथमा हिँड्ने बटुवाले मुख छोपेर हिडेको हेर्यो भने विकास देखिन्छ ।
असोज २९ गते नेकपाले आयोजना गरेको चिपायान कार्यक्रममा प्रधामनन्त्री ओलीले चुनौती दिए, ‘विकास नदेख्ने ?’ कात्तिक १० गते प्रज्ञा–प्रतिष्ठानमा सिस्नुपानीले व्यंग्य गर्यो ।
म हिँड्दा बाटोमा – जाम छैन
धूवाँ र धूलोको – नाम छैन
जुत्ताले कार्पेट – टेकिन्छ
खोइ कहाँ हिलो – देखिन्छ
जाँ गयो त्यहीँ – भीड लाग्छ
क्यामेरा मेरै – मुख ताक्छ
शिलान्यासको – धपेडी छ
मञ्चमा जाँदा – थपडी छ
देखेका जति – हँसिलै छन्
राजदूतले कुर्छन् – एक घण्टा
मन्त्री नै ढुक्छन् – दुई घण्टा
शी चिनफिङलाई – ल्याकै हो
मोदीलाई पनि – भ्याकै हो
को हो त्यो विकास – नदेख्नी
विकासका सम्चार – नलेख्नी
सरकारलाई चौतर्फी – चेप्नी हो ?
दुईतिहाइ सरकारलाई – हेप्नी हो ?
तर ओलीले सिस्नुपानी पनि बजार हल्लाबाट प्रभावित भएको भनेर वास्तविकतालाई ढाकछोप गर्न खोजे । सानातिना कुराको जानकारी राख्ने प्रधानमन्त्री किन वास्तविकतालाई ढाकछोप गर्न खोज्छन् ? कागजी तथ्यांकले विकास भएको हुँदो हो त डा. रामशरण महतको पालामै नेपालमा गरीबीको अन्त्य र समृद्धिले आकाश छोएको हुन्थ्यो । अवस्था उस्तै छ ।
तर प्रधानमन्त्रीले सच्चाइलाई पत्याएनन् । बरु सिस्नुपानी नै बजार हल्लाले प्रभावित भएको प्रतिक्रिया दिए । सिस्नुपानीले आफ्नै अगाडि कलात्मक शैलीमा गरेको आलोचना र वास्तविकता स्वीकार नगरेपछि अरुले गरेको विरोध त प्रधानमन्त्रीले कसरी सुन्लान् र ? कागजी मिथ्यांकलाई केलाएर आमूल परिवर्तन भयो भन्ठान्नु ठूलो ठट्टा हुनेछ ।
गैंडाको छाला जस्तो नेताहरूको बानी !
आलोचना सुन्दा–सुन्दा नेताहरूको स्वभाव गैंडाको छाला जस्तो भएको छ । के सत्ता पक्ष, के प्रतिपक्ष ? सबै दलका नेताको कार्यशैली, व्यापारी ठेकेदारसँगको हिमचिमले आर्थिक पारदर्शितामा प्रश्न उठ्ने गरेको छ । आचरण सुधार्दैनन्, बरु दोहोर्याउँछन् ।
गाईजात्रा होस् वा देउसीको व्यंग्य नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रहारको तारो बन्छन् । सत्ता राजनीतिको केन्द्रमा रहेका प्रचण्डका बोली र व्यवहार पनि व्यंग्यकारका लागि रुचिका विषय बन्ने गरेका छन् । २०७५ सालको देउसीमा पनि प्रचण्डका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारी यसरी जोडिएका थिए –
ठेकेदारलाई कारबाही गर्न हाम्रो सरकार मच्चियो
घरबेटीले थर्काएछन् आफैं थच्चियो
यसपटक पनि घरबेटी ठेकेदार छुटेनन । बरु परिवारका हरेक सदस्यलाई राजनीतिक अंशबण्डा दिएको भनेर प्रचण्डले व्यंग्य बाण खानुपर्यो । कार्यक्रमको अघिल्लो कुर्सीमा आसिन प्रचण्डलाई यसपटक सिस्नुपानीले गरेको प्रहार यस्तो थियो –
एउटा घाँटी दुईटा मुख प्रचण्ड र ओलीको
जनताले विश्वास गर्ने कुन चैं बोलीको
नातागोता आफन्त र परिवार सबैलाई
अंशै सरी बाँडेका छन् पद बरी लै
कस्को घरमा डेरा बस्छौ, भात खान काँ जान्छौ
चिप्लिरहन्छ जिब्रो तिम्रो केको तेल खान्छौ ?
घाग्यमानी घरबेटी महादानी डेरावाल
ब्ल्याक लिस्टेडलाई मेलम्चीको ठेक्का मालामाल !
सहकारीपीडितको अर्बौं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...